पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।आजै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै आजदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ ।
दोस्रो चरणमा यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।यसैबीच नेपालमा कोभ्याक्स अन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आजै आउदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताएका छन् ।