लमजुङ । सुन्दर बजार कप - २०७६ का विजेता लमजुङको सुन्दर बजारस्थित आदर्श युवा क्लबले आज शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रममा क्लबका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले क्लबले खेलका साथै सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेलेको उल्लेख गर्दै गत वर्षदेखि क्लबले आर .सि .डि .सि . को सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम गरेको र यसलाई निरन्तरता दिने बताए । कार्यक्रमका प्रमुख अतिथि सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले क्लबमा आबद्ध युवाहरुलाई खेलका साथै सामाजिक क्रियाकलापमा सहभागिता हुनुपर्ने बताउँदै आर्थिक विकासका लागि कृषि क्रान्तिमा लाग्नुपर्ने बताए ।
त्यस्तै सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले सुन्दर बजार चेम्बर अफ कमर्स क्लबसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताए । त्यस्तै आर .सि .डि. सि . का निर्देशक प्रेमबहादुर भट्टराईले क्लबले खेलका साथै विपद् ब्यबस्थापन कार्यक्रममा सहभागीताका साथै युवाहरु बीच चेतना फैलाई भबिस्यमा हुने संभाबित दुर्घटनालाई कमी गर्नुपर्ने बताए । बैङ्कर सुनिल गुरुङले क्लबले गर्ने हरेक क्रियाकलाप अत्यन्तै प्रभावकारी भएकोले आफू सदैव क्लबलाई सहयोग गर्न तत्पर भएको बताए । बधाई तथा शुभकामना कार्यक्रमका सन्चालन क्लबका सचिव पूर्णबहादुर वि.क. ले गरेका थिए भने स्वागत क्लबका उपाध्यक्ष भूपति बाँस्तोलाले गरेका थिए ।