जापानमा मे ५ तारिख सम्ममा एयरपोर्टमा क्वारेन्टाइन सहित संक्रमित भएका व्यक्तिको संख्या १५ हजार ३ सय ७४ जना थियो। थप रूपमा, योकोहामा पोर्ट क्रुज जहाजमा सवार यात्रु र चालक दलहरूको संख्या ७ सय १२ जना गरेर १६ हजार ८६ जना रहेको छ ।
जापानमा मृत्यु हुने व्यक्तिको संख्या ५ सय ६६ जना रहेको छ भने योकोहामा क्रूज जहाजमा सवार यात्रुहरू संख्या १३ जना गरी ५ सय ७९ जना पुगेको छ । जापानमा संक्रमित भएका व्यक्तिहरूको कुल संख्या निम्न छन्:-
▽ टोकियोमा ४७१२ जना
▽ ओसाका प्रान्तमा १६८६ जना
▽ कानगावा प्रान्तमा ११२१ जना
▽ साइतामा प्रान्तमा ९०९ जना
▽ होक्काइदो ८९१ जना
▽ चिबा प्रान्तमा ८५८ जना
▽ ह्योगो प्रान्तमा ७७४ जना
▽ फुकुओका प्रान्तमा ६४९ जना
▽ आइची प्रान्तमा ४९८ जना
▽ क्योटो प्रान्तमा ३५८ जना
▽ ईशिकावा प्रान्तमा २६८ जना
▽ टोयामा प्रान्तमा २१६ जना
▽ इबाराकी प्रान्तमा १६८ जना
▽ हिरोशिमा प्रान्तमा १६५ जना
▽ गिफु प्रान्तमा १५० जना
▽ गुन्मा प्रान्तमा १४६ जना
▽ ओकिनावामा १४२ जना
▽ फुकुई प्रान्तमा १२२ जना
▽ शिगामा प्रान्तमा ९७ जना
▽ मियागी प्रान्तमा ८८ जना
▽ नारा प्रान्तमा ८८ जना
▽ फुकुशिमा प्रान्तमा ७९ जना
▽ निगाता प्रान्तमा ७८ जना
▽ कोची प्रान्तमा ७४ जना
▽ सिजुओका प्रान्तमा ७३ जना
▽ नागानोमा प्रान्तमा ७२ जना
▽ यामगाता प्रान्तमा ६९ जना
▽ वाकायामा प्रान्तमा ६२ जना
▽ ओइता प्रान्तमा ६० जना
▽ यामानशी प्रान्त ५६ जना
▽ तोचिगी प्रान्तमा ५४ जना
▽ एहेमी प्रान्तमा ४८ जना
▽ कुमामोटो प्रान्तमा ४७ जना
▽ मिय प्रान्तमा ४५ जना
▽ सागा प्रान्तमा ४५ जना
▽ यामागुची प्रान्तमा ४३ जना
▽ कागवा प्रान्तमा २८ जना
▽ अओमोरीमा २६ जना
▽ सिमाने प्रान्तमा २४ जना
▽ ओकायामा प्रान्तमा २३ जना
▽ नागासाकी प्रान्तमा १७ जना
▽ मियाजाकी प्रान्तमा १७ जना
▽ अकिता प्रान्तमा १६ जना
▽ कागोशिमा प्रान्तमा १० जना
▽ टोकुशिमा प्रान्तमा ५ जना
▽ तोतरी प्रान्तमा ३ जना त्यस बाहेक, एयरपोर्टमा क्वारेन्टाइन र नागासाकी पोर्टमा क्रूज जहाजहरूका चालक दलका सदस्यहरू जम्मा ३०६ जना र र चीनबाट विमान चार्टर गरी ल्याएका १४ जना रहेका छन् ।
त्यसैगरी, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, मे ५ तारिख सम्ममा जापानमा संक्रमित व्यक्तिको संख्या ३०९ जना क्रूज जहाजमा सवार यात्रु ४ जना गरी जम्मा ३१३ जना मानिस रहेका छन्।
अर्कोतर्फ, संक्रमित भएर उपचार पछि सुधार भएर पछि अस्पतालबाट डिस्चार्ज भएका देशभित्रका संख्या ४५८७ जना डाइमण्ड क्रूज जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरू ६५१ जना गरी कुल ५२३८ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् । विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोभिड -१९ बाट नेपाली समुदाय पनि अछुतो रहन सकेन ।
जापानमा हाल सम्ममा १० जना नेपाली संक्रमित भएको छ भने संक्रमित मध्ये पहिलो संक्रमित एक जना युवती स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् ।