अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहान राजधानी काबुलमा गो-ली हानी ह-त्या गरिएको छ। अफगानमा जारी हिं-सा अन्त्य गर्न सरकार र मुख्य वि-द्रोही तालि-बान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति ह-त्याको क्रम बढेको छ। पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आ-क्र-मणहरु भइरहेका छन्।
यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ। अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ।दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए। 'दुर्भाग्यवस, आजको आ-क्र-मणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं।
उनीहरुका सवारी चालक घाइ-ते भए पनि सकुशल छन्', उनले भने। प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन्। काबुल प्र-हरीले पनि आ-क्र-मणको पुष्टि गरेको छ। अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आ-क्र-मण गरिएको थियो।उक्त आ-क्र-मणबाट कम्तीमा २० जना मारि-नुका साथै ४१ जना घाइते भएका थिए। हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आ-क्र-मण भइरहेका छन्।
अफगान अधिकारीहरुले ती आ-क्र-मणहरु तालिबान समूहले गराएको आ-रोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ। कतिपय ह-त्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ।यसै महिनाको शुरुमा अमेरिकी सैन्य क-मान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरु तालिबानबाट भएको दाबी गरेको थियो। अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लिगेटले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका आ-क्र-मणमा तालिबानको संलग्नता रहेको पाइएको र त्यसले शान्ति कायम गर्ने अफगान जनताको चाहनामाथि कुठारा-घात गर्ने बताए।
तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिं-सा-त्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ।अफगानिस्तानका गुप्तचर निकायका प्रमुख अहमद जिया सिराजले सन् २०२० मा तालिबान समूहले देशभर १८ हजारभन्दा बढी आ-क्र-मण गरेको संसदलाई जानकारी दिएका छन्।