एजेन्सी । म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झ-डप भएको छ । भीडलाई निय-न्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्श-नकारीमाथि हवाइ फा-यर गर्दै पानीको फोहोरासमेत प्र-हार गरेको छ ।
म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौँ दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको रिहाइको लागि दबावमूलक प्रदर्शनहरू भइरहेका छन् । हजारौंको संख्यामा रहेका प्रदर्शनलाई म्यानमारमा पछिल्लो एक दशक यताको सबैभन्दा ठूलो प्रद-र्शनको रूपमा लिइएको छ ।
जनता सडकमा ओर्लिएपछि सेनाले ठूलो जमात भेला हुन प्रति-बन्ध लगाएको छ । ५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा जम्मा हुन नपाइने आदेश दिइएको छ । केही शहरहरूमा राति कर्फ्यूसमेत लागू गरिएको छ । तर, सेनाको आदेशको अवज्ञा गर्दै हजारौं जनता विरोध प्रद-र्शनमा उत्रिएका छन् । सैन्य ‘कू’को विश्वभर आलोचना भइरहेको छ ।