पाेखरा । बलेवा सेवा समाज जापानले बागलुङका ४ स्थानिय निकायलाई कोरोना रोकथामका लागि ४० हजार आर्थिक सहयोग गरेकाे छ ।
समाजकाे मे २४ तारिक सम्पन्न अनलाईन बैठकले विपद व्यवस्थापन राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो समाजका अध्यक्ष राज पौडेल भने । बैठक सकिएको केहि दिन मै रकम नेपाल पठाईने छ ।
बागलुङ नगरपालिका भित्रका अमलाचौर, पैयुपाटा ,नारायणस्थान, साथै जैमिनि नगरपालिकाको कुश्मिसेरालाई प्रत्येक वडाका लागि १० हजारका दरले सहयोग गरेको समाजका महासचिव टिकाराम रिजाल बिमलले जानकारी दिए ।
यो बिषम परिस्थितिमा पनि सबै स्थानीय तह सम्म पुगी नेपाल मा रहनु भएका संस्था का वरिष्ठ उपाध्यक्ष बिकाश केसी ले रकम हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाले बा न पा -१३, पैँयुपाटा काल्ले निवासी मिर्गौला पिडित इन्द्र बहादुर खत्रीलाई संस्थाका वरिष्ठ उपाध्यक्ष बिकाश के सीले हस्तान्तरण गरे । संस्थाे बा न पा -१४, नारायस्थान कोल्पाटामा अवस्थित आधारभूत बिध्यालयमा धन घन्यांचलमा पनि सहयाेग गरेकाे थियाे ।