लमजुङ्ग। भोर्लेटारको देउतापानीसडक खण्ड अलपत्र अवस्था परेकाे छ। ८२५ मिटरको रानीपानी देखि सिम्पानी सम्मको देउतापानी सडक खण्ड अलपत्र अवस्थामा रहेको छ।
आर्थिक बर्ष ७५/७६ को मसान्तसम्म सक्ने गरी समझाैता भएकाे थियाे । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माणधिन सडक खण्डमा ठेकेदारले लापर्वाही गर्दा सडक निमार्णकार्य अलपत्र परकाे हाे ।
आर्थिक बर्ष ७६/७७ को मसान्त सकिन लाग्दा समेत बाटो हिलो खाल्डो र भैसी आहाल खेलेको अवस्थामा सवारी साधान गडेको हुदा सथानीय जनता आक्रोसित बनेका छन्। स्याङ्जा घर भई दमौलीमा बसोबास गर्दै आएका रमेश थापाले ठेक्का लिएका थिए। थापाले नालाको कामको मात्र २६ लाख ८८ हजार रुपैया रनिङ्ग बिल काटेर नगरपालिका देखि बुझेर सम्पर्क बिहिन भएको जनप्रतिनिधि रामकृष्ण कुँवरले जानकारी दिए ।
नालाको काम मात्र झारो टारेर छोडे त्यो पनि भत्की सकेको हुनाले काउरे बांग्रे थानसिंग नेटाका जनताहरु मर्कामा परेकाे समाज सेवी अनररी क्याप्टेन हरि बहादुर थापाकाे भनाइ छ ।
सो सडक खण्डको निर्माण सम्झौता अघिल्लो बर्ष चैतसम्म भएको र निज थापाले सम्झौता थप्न चाहेमा यस बर्षको चैतसम्म गर्न पाउने नियम रहेको वडा अध्यक्ष बिष्णु भक्त पौडेलले सारंगी न्युजलाई जानाकारी दिए ।
स्थानिय वासिले सम्बन्धित निकायले ध्यानाकर्षण गराउँदा पनि चासाे नदिएकाे गुनासाे गरे ।