लमजुङ। मध्यनेपाल नेपाल नगर पालिका भोर्लेटारमा हस्तकला उद्याेग संचालनमा अाएकाे छ । बिगत एक बर्ष देखी सन्चालनमा रहेको उद्याेगले एक महिना तालिम दिएर कार्य सन्चालनमा ल्याएको हो।
मध्यनेपाल नगरपालिका वडा नम्बर ६ का महिला सन्जाल समितिका अध्यक्ष एवम दुरा सेवा समाजका अध्यक्ष समेत रहेकी लोक कुमारी दुराले उद्याेग संचालनमा ल्याएकि हुन् । आफ्नै नाममा खोलिएको "लोक कुमारी हस्तकला उद्याेग" नगरपालिका कार्यालयको ठीक पछाडि पट्टी ईशाने श्वर क्याम्पसमा जाने बाटोमा रहेको छ।
उद्याेगमा पाँच वटा तान र ६ जना महिला कर्मचारी रहेकाे दुराले जानकारी दिइन् । तान मार्फत अल्लोको जुहारी, भाङ्रा र् उनिको पछ्यौरी तयार पारिन्छ। मिटरको हिसाबले तयार पार्ने हुनाले एक दिनमा एक तान अर्थात मेसिन द्वारा लगभग ४ मिटर तयार पार्न सकिने संचालक दुराेकाे भनाइ छ ।
अल्लाेकाे जुहारी कोट ३ वटा, भाङ्रा १ वटा र ४ वटा उनीको पछ्यौरी तयार हुन्छ। जुहारिकोट प्रती १ को मुल्य ४ हजार, भाङ्रा सेतोलाई १२०० सय र पछ्यौरी साइज अनुसार ८००, १००० र १२०० रुपैया रहेको छ। संचालक स्वयमले कोट, भाङ्रा र पछ्यौरी फिनिसिङ गर्ने गर्दछिन।
पैसा कमाउन भन्दा पनि महिलाहरूलाइ उद्यमी बनाउन र रोजगारी दिलाउने हेतुले स्थापना गरिएकाे उद्याेगले मध्य नेपाल नगर पालिका र आसपासका गाउ पोखरा कठमाण्डौ लगायत देशका बिभिन्न शहरहरुमा पठाउन सफल भएको संचालक लोक कुमारी दुराले सारंगी न्युजलाई जानकारी दिइन् ।