लमजुङ । सुन्दर बजार नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ।
नगरपालिकाले आगमी आर्थिक बर्ष २०७७/०७८ का लागि ६६ करोड ९८ लाख ८ हजार बजेट बिनियोजन भएको सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एबम नगर सभाका सचिब ठाकुर जी तिवारीले बताए ।
सभाले स्वास्थ क्षेत्रमा १० करोड ६ लाख ३० हजार रुपैयाँ , कृषि तथा सहकारी क्षेत्रमा १ करोड ५८ लाख २९ हजार , पशु सेवा क्षेत्रमा १करोड १ लाख ९८ हजार , युवा उधम बिकास तथा रोजगार कोषका लागि १ करोड , शिक्षा क्षेत्रमा १८ करोड ९० लाख ८६ हजार बिनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा क्षेत्रमा ११ करोड ४५ लाख ८ हजार , सुचना तथा सन्चार प्रबिधी कार्यक्रमको लागि ८१ लाख , बाताबरण संरक्षण तथा बिपद ब्यबस्थापनमा १ करोड ४ लाख ४० हजार , युवा परिचालन तथा खेलकुदमा ३४ लाख ८० हजार ,कोरोना प्रतिकार्य कोष स्थापनाको लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।
सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्रको अध्यक्षता भएको नगरसभामा उप - प्रमुख ज्ञानु शाहले बजेट प्रस्तुत गर्नु भएको नगर सभाका सचिब ठाकुरजी तिवारीले जानकारी दिए।