बहु चर्चित गायक प्रकाश सपूत र संचारकर्मी तथा गायिका अनिता चलाउनेकाे फुटेकाे चुरा बजारमा सार्वजानिक भएकाे केही समय नबित्दै युटुबकाे ट्रेनिङमा पर्न सफल भएकाे छ । निकै मेहनत गरी फरक धारमा चलचित्र शैलिमा निर्माण गरिएकाे भिडियाेले नेपाली संगित क्षेत्रमा फेरि ईटा थप्न सफल भएकाे छ । यतिबेला चलचित्र ‘प्रदेशी २’ को प्रि–प्रोडक्सनमा व्यस्त रहेका सपुतकाे अब्बल सृजनमा सृजित यस गितले राम्रै सफलता पाउनेमा बिस्वस्त छन । प्रेम याैबन र अाकर्षककाे रूपमा माया प्रेमकाे एक अन्तरङग लाई टपक्क टिपेर गितमा मिठास भरिएकाे छ ।गायक तथा सर्जक प्रकाश सपुतकाे लय शब्दमा सृजित गितमा अाबजमा गायक सपुतलाई गायिका अनिता चलाउनेले साथ दिएकी छिन ।
म्युजिक भिडियाेमा सुन्दरी माेडल नम्रता श्रेष्ठ, प्रकाश सपुत, अनिता चलाउने, कबिता नेपाली निरज पन्थी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
भिडियो निकै सुन्दर बनेको छ।प्रकास सपुतकाे निर्देशन,नबराज उप्रेतीकाे छाँयाङकन र प्रबिन भट्टकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे प्रकाश सपूत अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।