पाेखरा । बहुमुखी प्रतिभाकी धनी स्टेज नृत्यबाट चर्चामा आएकी बाल कलाकार श्रद्धा क्षेत्रीको अभिनयमा दशैंगीत ‘यसपाली दशैंमा’ बजारमा आएको छ ।
८ वर्षिया कलाकार क्षेत्री स्टेज साे गरेर दर्शकको मन जितेकी बागलुङे बालप्रतिभा हुन् । श्रद्धाले दशैंगीतमा उत्कृष्ट अभिनय गरेकी छिन् । यसअघि उनले पञ्चेबाजाको गीतमा अभिनय गरेकी थिईन् ।
सानै उमेरदेखि नाचगानमा चाेसाे देखाउने उनले विद्यालयका हरेक क्रियाकलमा सहभागी हुन्थिन् । श्रद्धाकी आमा साेभा क्षत्रीले भनिन्न । उनी नाच्ने मात्रै हाेइन् बादविवाद र हाजिरीजवाफमा पनि निकै अब्बल छिन् ।
गीतमा बालगायिका सुदिक्षा सुनुवार, नानु सुनुवार र बलबहादुर परियारले स्वर भरेका छन् । बलबहादुर परियारको लयशव्दमा मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज विनोद बाजुरालीले गरेका हुन् ।
गीतमा श्रद्धा क्षेत्री, सुनिल बानियाँ र प्रियांका बिकले अभिनय गरेका छन् । क्रियटिम मिडिया प्रोडक्सनले निर्माण गरेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन भुपेन बानियाँले गरेका हुन् । बाध्यताले दशैं मनाउन नपाएको कथा समेटिएको गीतको भिडियो निर्देशन पनि उनैको हो ।
भिडियो