पाेखरा । युवा गायक रोहन जंग कार्कीको "कान्छी ओ कान्छी" गीत भखर्रै रिलिज भएकाे छ । लोक–पप प्याटनकाे याे गीत कार्कीकाे दाेस्राे यात्रा हाे । एसटु प्रोडक्सनको युट्युव च्यानल मार्फत् घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएकाे हो ।
विराज गौतमको शब्द र संगीतरमा कार्कीले जादुमय स्वर भरेका छन् । गीतका एरेन्जर भने शैलेस श्रेष्ठ हुन् । सुरज श्रेष्ठले निर्देशन र सम्पादन बनेकाे म्याुजिक भिडियाेमा सौरभ थापा र सुस्मिता गौचनले अभिनय गरेका छन् । जया गुरुङ गीतको मेकअप आर्टिष्ट हुन् । स्कृप्ट राइटिङ भने राहुल सापकोटाको हो ।
लोक पपमा भविष्य खाेज्दै गरेका कार्की हाल उनी सोलो गीतमा नै रमाइरहेका छन् । सांगीतिक शिक्षा समेत आर्जन गरेका रोहन गोल्डेन आइडल २०७० का विजेता समेत हुन् । स्थानीय रुपमा हुने गरेका महोत्सवमा समेत उनले स्वर दिंदै आएका छन् ।
ओ कान्छीको म्युजिक भिडियो ल्याउनमा सहयोग र हौसला प्रदान गरेवापत उनले पिता सूर्यवहादुर कार्की, आमा संझना कार्की, दाइ रोहित जंग कार्की, भाउजू दिपीका कार्की र रेष्टुरेण्टहरु– कोकोविच, जोष्ट तथा, होटेल सेरेनिटी, जेएक्सोलप्रति आभार प्रकट गरेका छन् । यसैगरी सन्तोष बानिया, विवेक क्षत्री, श्रीकृष्ण ओली, रोशन राना र अजय गुरुङप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।