पाेखरा । सबै कुरामा बल प्रयोग ठीक भनेर संसारमा कुनै पनि सिद्धान्तले भन्दैन, तब सबै अवस्थामा देश निर्माण गर्न गरिएको बल प्रयोग कसरी ठिक हुन्छ रु अनि, त्योबाहेक अर्को विकल्प थिएन भन्ने कसरी निष्कर्ष निस्कन्छ ?
बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भू–भाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ ।
बलात्कारबाट पनि गर्भाधान हुन्छ । त्यसरी जन्मिएको बच्चा पनि मानिस नै हो र उसले अरु मानिससरह नै जीवनयापन गर्न पाउनुपर्छ । त्यसो भए के बलात्कार ठीक हो त रु त्यो बलात्कारबाट जन्मेको बच्चाले आफ्नी आमामाथि बलात्कार गर्नेलाई महान् बाबु नै मान्छ त रु कदापि मान्ने छैन ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस्