कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
- फुटकर छापिएका संस्मरणहरूको सङ्कलन गर्दै छु । ७० आइटम जम्मा पारी पुस्तक निकाल्ने तयारीमा छु ।
तपाईंको किताबमा के छ ? किन पढ्ने ?
- लेखिएका मेरा कथामा खासै मसालेदार कुरा छैनन् । बनिबनाउ अर्ती र उपदेश पनि छैन । सामान्य मेरो गाउँ /समाजको चित्र आएको छ । पात्रहरू वरिपरिका छन् ।
पाठकहरु कस्तो साहित्य खोजिरहेका छन् ?
- पाठकहरू अचेल अलमलमा छन् । के पढ्ने के नपढ्ने । पुरानै साहित्यकारका पुस्तक नयाँ संस्करणमा देखिनु राम्रो हो । तर, वर्तमान/ समसामयिक लेखनलाई पाठकले अस्वीकार गरेजस्तो देखिन्छ । यो सुखद् होइन ।
माधव सयपत्री
अहिलेको युवापुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ ?
- लेखकहरू आत्मरतिमा छन् । गीता, मुन्धुम, कुरान, बाइबलै लेखेको भ्रम छ । हाम्रो लेखन कति नै वर्ष बाँच्ला र ! नयाँ आएकामा छिट्टै देवकोटा बन्ने भूत चढेको छ ।
नपढी नहुने पुस्तक ?
- शीरोमणि, भुपी, विपी, पारिजात, मनु ब्राजाकी, नारायण ढकाल अादिका कथा/ कविता/ उपन्यास ।
तपाईंलाई कस्ता पुस्तक लेखियोस् जस्तो लाग्छ ?
- लेखनाथको तरुण तपसी र डायमण्ड समशेरकाे बसन्ती र सेतो बाघ जस्तो ।