Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
अन्तर्वार्ता
  • Home
  • News
  • गाउँपालिकाभित्र आउन र जान पूर्ण निषेध गरेका छौं : नवराज ओझा (अन्तरवार्ता)
गाउँपालिकाभित्र आउन र जान पूर्ण निषेध गरेका छौं : नवराज ओझा (अन्तरवार्ता)
रुपिन्द्र प्रभावी
आईतबार, चैत २३, २०७६ रुपिन्द्र प्रभावी

असल नेता त्यही हुन्छ, जो जनताको सुखदुःखमा साथ दिन्छ । यति बेला कोरोना भाइरसका कारण विश्व नै आतङ्कित बनिरहेको छ । यो सङ्कट असल नेताको परीक्षाको बेला पनि हो । यो परीक्षामा खरो उत्रेका एक नेता हुन्- नवराज ओझा । कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष ओझा आफैं जनताको घरदैलोमा पुगेर औषधि तथा राहत वितरण गरिरहेका मात्र छैनन्, गाउँपालिकाबासीको सुरक्षाका लागि नाकाहरुमा स्वयम् सेवकहरुसँगै रातदिन खटिइरहेका पनि छन् । `सङ्कटले हिरो जन्माउँछ´ भने झैं यो विश्वव्यापी महामारीका बेला सर्वत्र प्रशंसित उनै `हिरो´ नवराज ओझासँग सारङ्गी न्युजका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

# कोभिड-१९, कोरोना भाइरसविरुद्धको अभियान कसरी अघि बढेको छ ?

* हामीले रुपा गाउँपालिकाभित्र रहेका व्यक्तिहरु, जो वैदेशिक रोजगारीबाट फर्किनुभएको छ, उहाँहरुमार्फत् कोरोनाको सङ्क्रमण नफैलियोस् भनेर चैत्र ७ गते कार्यपालिकाको बैठक बसेर सुरुमा रुपा- ५, देउरालीको विश्वशान्ति मा. वि.मा २६ जनाको क्षमता भएको क्वारेन्टिन राख्ने भनेर निर्णय गर्‍यौं । ११ गतेबाट सन्चालनमा ल्यायौं । जहाँ २४ जना भारत, कतार, साउदी र दुबईबाट आउनुभएका व्यक्तिहरुलाई सुविधा सम्पन्न वाइफाई, प्रत्येक कोठामा डिसहोम जडित प्रोजेक्टरमार्फत् हेर्न मिल्ने गरेर टेलिभिजनको व्यवस्थासहित WHO को नर्म्सअनुसार कोठाको व्यवस्थापन गर्‍यौं ।

# क्वारेन्टिनमा बस्नेहरुको खानपान र स्वास्थ्य परीक्षणको व्यवस्था कसरी गर्नुभएको छ ?

* त्यहाँ दिनमा ४ जना स्वास्थ्यकर्मीले दिनको ४ पटक उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र बेलुका २ जना स्वास्थकर्मीलाई आवासीय व्यवस्था गरेका छौं । उहाँहरुलाई खाना, खाजा तथा फलफूल मिलाएर खुवाउने व्यवस्था गरेका छौं ।

# गाउँपालिकाभरिका क्वारेन्टिनमा बस्नुपर्ने सबैलाई यसैमा राख्नुभएको छ ?

* अहिले यहाँको क्वारेन्टिनबाहेक होम क्वारेन्टिनमा ३१ जना वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरु हुनुहुन्छ, जसको दैनिक एक जना स्वास्थकर्मी घरमै पठाएर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

# गाउँपालिका नै सिल गर्नुभएको छ । यसका लागि कहाँ कहाँबाट नाका बन्द गर्नुभएको छ ?

* अहिले गाउँपालिका प्रवेश गर्ने मुख्य ९ वटा नाकाहरु छन्, ती सबै नाकाहरु हामीले सिल गरेका छौं । अहिले अझ सङ्क्रमणको अवस्था बढ्दै छ, तसर्थ गाउँपालिकालाई कोरोनाको सङ्क्रमणबाट सुरक्षित राख्न गाउँपालिका प्रवेश गर्ने मुख्य नाकाहरु सिल गर्ने भनेर गाउँपालिकाको प्रत्येक वडाको सिफारिसमा २८ जना स्वयम् सेवक युवा दस्ता निर्माण गरी प्रत्येक नाकामा १ जना प्रहरी, २ जना स्वयम् सेवक र १ जना स्वास्थकर्मी २४ सै घन्टा खटिएर आवतजावतमा रोक लगाएका छौं ।

# दीर्घ रोगी छन्, बिरामी हुन सक्छन् । उनीहरूलाई के गर्नुहुन्छ ?

* यो अवस्थामा कोही अचानक बिरामी पर्नुभएमा २४ सै घन्टा निःशुल्क एम्बुलेन्सले हस्पिटलसम्म लाने व्यवस्था गरेका छौं । आवश्यक पर्दा गाउँपालिकाकै गाडी पनि सधैं तयार रहन्छ । दीर्घ रोगीहरु, जो नियमित रुपमा औषधी सेवन गरिरहने व्यक्ति हुनुहुन्छ, उहाँहरुलाई हामीले औषधी ल्याएर घर घरसम्म पुर्‍याउने व्यवस्था गरेका छौं ।

# दैनिक ज्याला, मजदुरी गरी खाने वर्गलाई राहत वितरणको अवस्था के छ ?

* गाउँपालिकाभित्रका दैनिक रुपमा ज्यालादारी गरी खाने मजदुर, श्रमिक वर्ग दिनभर काम गरेर बेलुका खाने व्यक्तिहरुका लागि हामीले केन्द्रीय सरकारको राहत वितरण मापदण्डअनुसार आवश्यक खाद्यान्न गाउँपालिकामै स्टोर गरिसकेका छौं, जसका लागि वास्तविक मजदुर, श्रमिक वर्गको लागत सङ्कलन गरी छिट्टै राहत वितरण गर्ने छौं । यसका लागि स्वास्थकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि सबै जनाले दिनरात नभनी खटिएर लागिरहनुभएको छ ।

# गाउँपालिकाबासीको सहयोग कस्तो छ ?

* गाउँपालिकाबासीहरु आफैंले स्वत:स्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ। यहाँका क्लब, आमा समूहहरु आफैं खटिएर कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने साथै सल्लाह सुझावहरु दिइरहनुहुन्छ । उहाँहरुको इच्छा र सुझावको साथमा हामी अगाडि बढिरहेका छौं ।

# उल्लङ्घन गर्न पाउँदा विजयको महसुस गर्नेहरु पनि होलान् । उनीहरुलाई कसरी व्यवस्थापन वा कारबाही गर्नुभएको छ ?

* उहाँहरुलाइ कारबाही भन्दा पनि हामी अहिलेको अवस्था र हुन सक्ने भयावह अवस्थाको बारेमा राखेरै सम्झाउने गरेका छौं । अहिलेसम्म त्यस्तो कारबाही नै गर्नुपर्ने अबस्था आइहालेको छैन ।

# गाउँपालिकाभित्र मात्रै प्रवेश गर्न नपाइने हो कि गाउँपालिकाभित्रबाट बाहिरिन पनि नपाइने हो ?

* दुवैतिरबाटै निषेध हो । गाउँपालिकाभित्र पनि प्रवेश गर्नै नपाइने, रुपाबासी व्यक्ति जो प्रवेश गर्नुहुन्छ भने १४ दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा हाम्रो स्वास्थकर्मीको निगरानीमा बस्नुपर्ने हुन्छ । जो बाहिर जानुहुन्छ, यो सङ्क्रमणको अवस्था नसकिन्जेल पुन: प्रवेश गर्न नपाउने नै भनेका छौँ । त्यहीअनुसार नै गरेका पनि छौं ।

(स्मरण रहोस्- रुपा गाउँपालिकाले चैत १९ देखि नै आफ्नो स्थानीय तहबाट बाहिरिन वा प्रवेश गर्न रोक लगाएको थियो भने नेपाल सरकारले चैत २२ देखि मात्र यो निर्णय लागू गरेको थियोे ।- सं.)

# कहिलेसम्म जारी रहन्छ यो बन्द ?

* अहिले सङ्क्रमणको अवस्था अझ बढिरहेको छ । सरकारको लकडाउनको अवस्था कस्तो हुन्छ, त्यहीअनुसार हामी थप्दै जान्छौं ।

# गाउँपालिका र गाउँपालिका मातहतका कार्यालयबाट दिइने सेवाको अवस्था चाहिँ के छ अहिले ?

* गाउँपालिकाबाट अहिले सरकारले विभाजन गरेका अत्यावश्यक सेवाबाहेकका अरु सेवाहरु बन्द छन् भने स्वास्थ संस्थाहरु २४ सै घन्टा खुल्ला राख्ने व्यवस्था गरेका छौं ।

# अन्त्यमा भन्दिनुस् न, खाद्यान्नलगायतको व्यवस्थापन कसरी गर्नुभएको छ ?

* लकडाउन र सिमा लकको समय बढ्दै जाँदा उत्पन्न हुने खाद्य सङ्कटलाई मध्यनजर गर्दै हामीले खाद्यान्नको व्यवस्था पनि गरिसकेका छौं । हाम्रो यो प्रतिबद्धता पनि हो, हाम्रा हरेक नागरिकमा हामी खाद्य सङ्कट हुन दिँदैनौं । सीमा लक गरेपश्चात् खाद्य समस्या नहोस् भनेर खाद्यान्नको गाडीलाइ निश्चित समय तोकेर नकामा चेक गरी स्प्रे गरेर प्रवेशका लागि अनुमति दिइन्छ ।

   प्रस्तुति : रुपिन्द्र प्रभावी 

आईतबार, चैत २३, २०७६, २२:०४:००
#काेराेना-अन्तरवार्ता
आफ्नो टिप्पणी दिनुहोस्
अन्तर्वार्ता को अधिक समाचार पढ्नुहोस्
ज्योति जङ्गललाई ७ प्रश्न
'लेखकहरू आत्मरतिमा छन्'- माधव सयपत्री
लेखन आफैंमा एउटा तपस्या हो - युवराज नयाँघरे
...यस्ता उपन्यासहरु खेलियाेस्
अन्तर्वार्ता
क्लासिक नपढी गतिलो लेखक बन्न सम्भव छैन् - महेश पाैड्याल
64x64
मंगलबार, मंसिर २४, २०७६ रुपिन्द्र प्रभावी
सबै लेखकले जीवनकालमा एकचोटी होमर पढून, प्लेटो र अरस्तु पढून, अमरकोश पढून, कालीदास पढून, महाभारत र रामायण पढून, माक्र्स पढून, निच्से र फुको पढून, टेगोर र टनी मरिसन पढून, मार्खेज पढून । पुरा पढ्नुहोस्
अन्तर्वार्ता
आख्यानकार राजन मुकारूङलाई ७ प्रश्न
64x64
सोमबार, मंसिर २३, २०७६ रुपिन्द्र प्रभावी
अहिलेकाे युवा पुस्ता 'क्राफ्टी'छ । विश्व साहित्यको स्वादमा छ । 'रेटेड' पुस्तकहरूको 'ह्याङ'मा छ । पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ १० घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १४ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP