Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शुक्रबार, फागुन १४, २०७७    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
विचार
  • Home
  • News
  • हामी: अपाङ्गता अधिकार र न्याय
हामी: अपाङ्गता अधिकार र न्याय
सारङ्गी न्युज
बिहिबार, मंसिर १८, २०७७ सारङ्गी न्युज

आश्मा अर्याल 

सर्वप्रथम त अपाङ्गता भएका व्यक्तिहरूको २९औ अन्तरास्ट्रिय दिवसको अवसरमा हामी सबैलाई शुभकामना। किनकि अब समावेशी अनि समतामूलक समाजको निर्माण बिना हामी आफ्नै लागि पनि न्यायको कल्पना गर्न सक्दैनौं, अधिकारको अनुभव गर्न अनि आफ्नै अस्तित्व  बनाउन सक्दैनौं।  मलाई थाहा छ, म अपाङ्गता भएकी व्यक्ति हुँ। मलाई मेरो अधिकार, अवस्था र क्षमताको बोध छ, र म आफ्नै स्वाभिमानमा रमाइ पनि रहेकी छु। अनि सायद यहि कारण म अपाङ्गता भएका व्यक्तिहरूको अन्तरास्ट्रिय दिवसको यो अवसरमा आफ्ना कुराहरू अभिव्यक्त गर्न सक्छु र गरिरहेकी छु। 

 


       मलाई आजको दिनमा केही प्रश्नहरू पनि उठाउन मन छ: हाम्रो नेपालमा  कति प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूलाई आजको यो विशेष दिनबारे थाहा होला?  थाहा पाएकाहरू मध्ये यो अवसरमा सहभागी हुनेहरूको प्रतिशत नि? अनि यो दिवस आउँदा चाड आएजस्तै महसुस गर्नेहरू कति होलान्?  मलाई चाहिँ साच्चै भन्नुपर्दा मैले यहाँ उल्लेख गरेका यी प्रश्नहरूको आधिकारिक उत्तरबारे केही पनि थाहा छैन। हो, अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क र भएका केही अनुसन्धानका कुराहरू सुनेकी छु,  तर मैले माथि उठाएका प्रश्नहरूमा केकस्ता बहसहरू भएका छन् छैनन् त्यो मलाई थाहा छैन। 


       तर मैले आफ्नो अपाङ्गता र अधिकारको बारेमा जान्न नपाउदै घरभित्रै बन्दी र दास भएका अनि अति सुरक्षाको घेराभित्र या त अति घृणाको कोठरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरू भने धेरै भेटेकी छु। प्रतिभा भएर पनि अवसर नपाएकाहरूको निराशा देखेकी छु,  अनि आफैंले पनि हाम्रो समाजको सहानुभूति, औपचारिकता र नाम मात्रका आदर्शवादी व्यवहारहरूसङ्ग पटकपटक सामना गरेकी छु l यहाँ यी कुराहरू उठाइरहदा मैले गौरवपूर्ण ईतिहास लेख्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई बिर्सिएकी छैन। वास्तवमा तिनीहरूले अध्यारा मनहरूमा बालेको चेतनाको दियालोकै कारण  हाम्रो आज उज्यालो छ। त्यसो त हामीसङ्ग कानुन, अधिकार र गतिशील समय पनि छ।


       तर अझै पनि हामीमध्ये धेरै आफ्नो लागि न्याय माग्न र आवश्यक पर्दा अरूका निम्ति बाच्न त्यति तयार हुँदैनौ।ं न्याय बिनाको कागजे अधिकारको कुनै अर्थ हुँदैन भन्ने बुझेर पनि हामीमध्ये धेरै मात्र अधिकारकै भाषण गरिरहेका हुन्छौं, मात्र  नारा लगाइरहेका हुन्छौं। "बिदेशतिर त कहाँ यहाँजस्तो हो र! बाबुआमाले आफ्नो बच्चालाई गाली गर्न पनि पाउदैनन्" भन्दै कुरा गर्ने हामी यहाँ कति सजिलै भनिदिन्छौ, "अभिभावकले नै नबुझेपछि के गर्नु त!" हामी सबैले बुझ्नैपर्ने कुरा के हो भने, सचेत र सक्रिय नागरिक समाज बिना न कानुनको अर्थ स्थापना हुन सक्छ न त त्यसको प्रभावकारी कार्यान्वयन या  त्यसमा आवश्यक्ता अनुसारको संसोधन नै हुन सक्छ। 


     त्यसैले अपाङ्गता अधिकारको रूपमा बनेका कानुनहरूलाई अब  हामीले जिउन र अनुभूत गर्न सकिने न्यायमा बदल्नु आवश्यक छ। जसले आफूलाई चिनेको छैन, जसलाई घरपरिवार र आफ्नाहरूले अपाङ्गता भएकै कारण दबाएर या लुकाएर राखेका छन्, अब हामीले त्यसता व्यक्तिहरूको खातिर पनि बोल्नु छ अनि लड्नु छ। यसका लागि हामी सबैभन्दा पहिले आआफ्ना सिमानाहरू पार गरेर चिन्तनको फराकिलो चौरमा जम्मा हुनु छ, र बनाउनु छ साथको पहिलो कदमस्वरूप मानवताको साङ्लो।

बिहिबार, मंसिर १८, २०७७, ०८:१५:००
#अपांगता सवाल
आफ्नो टिप्पणी दिनुहोस्
विचार को अधिक समाचार पढ्नुहोस्
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ !
प्रतिक्रान्तिको खतरा र अबको बाटो -अजित क्षेत्री
टाढाकी चेलीलाई भनेर... -बच्चु हिमांशु
विचार
दीपावली कि दिवाली ? -दीपेन्द्र अरुण
64x64
आईतबार, कात्तिक ३०, २०७७ सारङ्गी न्युज
निन्छ र बुझिन्छ भने भाषा जुन बोले पनि हुन्छ। भाषा राम्रो, नराम्रो, ठुलो, सानो भन्ने हुँदैन। पुरा पढ्नुहोस्
विचार
मेरो कफी किन तितो हँ ?  –विशाल श्रेष्ठ ‘ओसिएन’
64x64
बिहिबार, कात्तिक ६, २०७७ सारङ्गी न्युज
“कफीको तितोपनको विशेषता र त्यसभित्र लुकेको मिठास आत्मसात् नगरिसकेकालाई कफी तितोपनको पर्याय हो । विशेषता जान्नेका लागि भने त्यसको पर्याय स्फूर्ति र तरोताजापन हुन सक्छ । पुरा पढ्नुहोस्
ताजा समाचार
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर ५ घण्टा पहिले
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल
देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल समुह
देउवासँग भेटवार्ता गर्दै दाहाल-नेपाल समुह
एसईई परीक्षा  जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
एसईई परीक्षा जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइरालाकाे भनाइ
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
मध्यनेपालमा भूतपुर्व प्रहरी संगठन गठन
Sambodhan
www.saranginews.com
समाज
वैदेशिक रोजगारीमा जान नसकेकालाई हाते ट्रयाक्टर सुरज गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ गरे एकै दिनमा तीन शिलान्यास सुरज गुरुङ
पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाकाे तैयारी सारङ्गी न्युज
राजनीति
सरकार गठनमा काङ्ग्रेसको आन्तरिक छलफल हुदैँ १७ घण्टा पहिले
सर्वोच्चको फैसलाको लमजुङमा स्वागत बुधबार, फागुन १२, २०७७
एमसीसी संसदबाट पास हुन्छ ‍- नेता खनाल बुधबार, फागुन १२, २०७७
विचार
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
यसकारण 'राजा आउ देश बचाउ' भन्दा कसम उदेक लाग्छ ! आईतबार, मंसिर २१, २०७७
हामी: अपाङ्गता अधिकार र न्याय बिहिबार, मंसिर १८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP