पाेखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापती देउवाको सहयोगका कारण प्रधानमन्त्री ओली चरम अधिनायकवादी भएकाे आरोप लगाउनु भएको छ । उहाँले प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवालाई संसद विघटनको विरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्छिएको पौडलले आरोप लगाउनुभएको हो । नेता पौडलले संसद विघटनको विपक्षमा उभिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले प्रदेश सरकार विरुद्ध आएको अविस्वासको प्रस्तावको विरुद्धमा समेत सभापती देउवा मौन वसेको तर्क गर्नुभएको छ । उहाँले देउवाले आन्दोलन गर्न पैसा नभएको भन्दै दिएको अभिव्यक्तिको समेत विरोध जनाउनुभएको छ ।