खुशीमाया गुरुङ
लमजुङ । लमजुङको बेसीशहरमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनःस्थापना स्वागत गर्दै र्याली सम्पन्न गरेको छ ।
लमजुङमा बेसशिहरको मनाङे चौतारबाट ¥याली शुरु शेरामा स्वागत कार्यक्रम गरेको हो । बुधबार जिल्लाको सदरमुकाम बेसीशहरमा कार्यक्रम गरिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष मधुमाया अधिकारीले बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका थिए भने अर्को समूहको नेतृत्व माधव–प्रचण्डले गरेका थिए तर निर्वाचन आयोगले भने नेकपा विभाजनलाई वैधानिकता दिएको थिएन ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड–नेपाल समूहले खुशीयालीको रुपमा कार्यक्रम मनाएका हो । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै लमजुङमा बुधबार प्रतिनिधि सभा पुनःस्थापना स्वागत कार्यक्रम आयोजना गरिएको हो ।