पाेखरा। बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे प्रथम भेला तनहुँमा सम्पन्न भएकाे छ। तनहुँ जिल्लाकाे प्रथम भेला तिर्थराज मजकोटी को अध्यक्षतामा केन्द्रिय सचिवालय सदस्य एवं प्रदेश संयोजक राज कुमार हिङमाङको उपस्थितिमा सम्पन्न भएकाे छ। भेलालाई सम्बोधन गर्ने क्रममा हिङमाङले बैज्ञानिक समाजवादी क्रान्ति बेगर समाजको पिंधमा रहेको श्रमजीवी जनता दलित,महिला,जनजाती,मधेसी लगायत बर्ग समुदायको मुक्ति नहुने कुरा बताउनु भयो ।
नेपालका पुराना कम्युनिस्ट पार्टीहरु केही दलाल पुजीवादी व्यवस्थाका अंग बन्न पुगेको र केही जडसुत्रीय चिन्तनमा हराइ रहेकोले उनिहरुबाट अबको क्रान्ति को नेतृत्व नहुने भएकाले बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको स्थापना गर्नुपर्ने आवस्यकता हिङमाङले औंल्याउनु भयो।कार्यक्रममा कासिन्द्र रामले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने संचालन सन्जित दबाडिले गर्नुभएको थियो । उक्त भेलाले तिर्थराज मजाकोटिको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेकाे हाे ।
जसमा सह संयोजक सन्जित दवाडि, सचिव ननिता दवाडि, संगीता खड्का,मोति दुरा,शुभाष बि क,प्रकाश कौशल,सुरेन्द्र मौरती,शिव अच्छामी,प्रेम मजाकोटी,इश्वर परियार,शोभा रोक्का,कोपिला दबाडी,कासिन्द्र राम,तिर्थ बहादुर परियार,मीन बहादुर दबाडी,कमल पुर्कोटी,बिशाल मग्राती,निरु शाहि सदस्यहरु चयन भएका छन् । सोही भेलामा शुवास बि क को संयोजकत्वमा जात व्यवस्था उन्मुलन मोर्चा तनहुँको जिल्ला समिति समेत गठन भएकाे छ ।