लमजुङको सुन्दर बजार नगरपालिका सहित गण्डकी प्रदेशका ११ जिल्लाबाट एक/ एक स्थानीय तहलाई कोभिड महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा स्वास्थ निर्देशानालय पोखराले समावेश गरेको छ।
कोभिड महामारीमा उत्कृष्ट व्यवस्थापन गर्नेमा बाग्लुङ नगरपालिका , सुन्दर बजार नगरपालिका , पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।
महामारीको समयमा स्वाब कलेक्सन ,हेल्थ डेस्क ब्यबस्थापन ,स्वास्थ सुरक्षा मापदण्ड लागू , क्वारेन्टाइन व्यवस्थापन,आइसोलेसन ब्यबस्थापन , सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयास , कन्ट्र्याक्ट ट्रेसिङ ,होम आइसोलेसन ब्यबस्थापन ,लगायतका सूचकको आधारमा उत्कृष्ट भएको सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर जी तिवारीले बताए । स्वास्थकर्मिको सक्रियता , कन्ट्रायक्ट ट्रेसिङ , नगरपालिकाको क्वारेन्टाइन ब्यबस्थापन ,आइसोलेसन ब्यबस्थापन लगायतका सुचकका आधारमा सुन्दर बजार नगरपालिकालाई उत्कृष्ट कार्य गर्ने नगरपालिकाको रुपमा सिफारिस गरिएको जिल्ला स्वास्थ कार्यलय लमजुङका प्रमुख अमर दवाडीले बताए ।