काठमाडौं । ते-जाब आ-क्रम-णमा परेका दुई जनालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई आयल निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको उनको भनाइ छ । ए-सिड आ-क्रम-णमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए ।
निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट उनीहरुको तलब भत्ता ब्यहोर्ने गरी नियुक्ति दिएको प्रवक्ता उपाध्ययले बताए । निगम स्रोतकाअनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्रीय कार्यालय र एक जना भैरहवा डिपो कार्यालयमा काम गर्नेछन् । बसन्तीमाथि ०७५ साल असोजमा र पवित्रामाथि गत साउनमा ए-सिड आ-क्रम-ण भएको थियो ।