२०७६ माघ १० गते नेपालमा पनि कोभिड १९ भित्रियो । सुरुका दिनमा हामी कसैलाई पनि यसले खासै प्रभाव पारेको थिएन। तर चैत्र ११ गतेबाट नेपालमा संक्रमित १० जना थपिएसँगै सरकारले बन्दाबन्दीको घोषणा गर्यो। अतिअबश्यक काम बाहेकको अरु समय आ- आफ्नो घरभित्रै सुरक्षित साथ हामी सबै जना रह्यौ। अनाबश्यक काममा घरबाहिर निस्केका हरुलाई नेपाल प्रहरीले कडिकडाउ गरेको थियो। कोरोनाले विश्वनै ग्रसित भएको समयमा हामी पनि त्यसबाट अछूत रहन सक्ने अबस्था थिएन। जसले गर्दा जनजीवन एकदमै प्रभावित बन्न पुग्यो । ज्याला मजदुरी गरेर छाक टार्नेहरुका लागि दैनिकी झनै कष्टकर बनिरहेको थियो।
गरिब , विपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सरकार , सामाजिक संघसंस्था र केही सहयोगी व्यक्तिको पहलमा राहत सामग्री वितरण गर्नाले केही सहज भएपनि अबस्था चिन्ताजनक थियो । बन्दाबन्दीको करिब ६ महिनापछि सरकारले जनजीवनलाई दैनिकी गुजार्न अप्ठ्यारो नपरोस् भनेर बन्दाबन्दीलाई खुकुलो बनाएसँगै कार्यालय , विद्यालय लगाएत पसलहरु खुले। परदेशबाट नेपालभित्रिने को संख्यामा पनि वृद्धि हुन पुगेपछि कोरोना संक्रमित पनि थपिदै गैदिए। संक्रमितको संख्यामा तीव्रता आएपछि मृत्युु हुनेहरु पनि बढ्दै गए। परिस्थिति जटिल हुदा पनि मानिसको चेतनामा केही सुधार नभएजस्तै गरि यत्रतत्र सर्वत्र जमघट र भिडभाडले प्रश्रय पायो। अझैपनि हामी सबैजना निश्चिन्ता बाहिर डुलेका हुन्छौं जसले कोभिलाई रुप फैलाउन सहयोग पुगेको छ। म यहाँहरु सम्पूर्णमा सुरक्षा र सतर्कताका साथ बाहिर निस्कन र कोरोनालाई समान्यरुपमा ग्रहण नगर्न आग्रह गर्दछु। पछिल्लो समयमा मानवअधिकारकर्मि तथा पत्रकार गोपाल सिवा सर र २ हप्ता अगाडि मात्रै मानवअधिकारकर्मि बिकास पौडेल सरको कोरोनाकै कारण अल्पायुमै 36/37 बर्षमै निधन भएपछि मेरो मनमा अलि बढि त्रास भयो । हुनत हाम्रो ठाउँमा र नेपाल लगाएत विश्वमै धेरै मानवले कोरोनाका कारण ज्यान गुमाउदा हामीलाई त्रास नभएको पक्कै होईन तर आफ्नै क्षेत्रमा काम गर्ने आफ्नै समुहका साथीहरुको निधनले अझै बढि खिन्नता र त्रासित बनाउनु स्वभाविक थियो। त्यसैले यहाहरु समक्ष करिब एक महिना होम क्वारेन्टाइन र आइसुलेसन बसि कोरोनालाई पराजित बनाउन सफल हुनुभएको कोरोना कोरोना संक्रमित प्रिय साथी सावित्री खड्काको अनुभवलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।
हुन त यो विषयमाथि पहिलै सोच्नुपर्ने हो तर अहिलेसम्म पनि कोरोना समस्यामा न्युनता नआएकाले हामीले साथी होम क्वारेन्टाइन र आइसुलेसनमा रहदा लेखेको दैनिकीका आधारमा सम्पादन गरिएको यो अनुभव बाँड्दा सबै नागरिकमा चेतना, सतर्कता , आत्मबल र आत्मविश्वास अनि मनोबलमा वृद्धि गर्नेछ भन्ने विश्वासका साथ बाडेका छौ। - सरु गैरे
विश्व महामारी कोभिड १९ का कारण २०७६ चैत्र ११ गते देखि नेपालमा लकडाउन (वन्दावन्दी) भए सगै जनजीवन अस्तव्यस्त बन्यो । शुरुको समय धेरै गाउँफर्क अभियान जस्तै गाउँघरमा फर्किनेको संख्या पनि वढ्दो भयो । शुरुवाती समय को ४ महिना गाउँमै वसि फकिए पश्चात म रुकुम, जाजरकोट, म्याग्दी बागलुङ जिल्लामा रहि कार्य गरे तत्पश्चात पुन १ महिना गाउँमै फकिए यस समय सम्म पनि विश्व महामारी कोभिड १९ ले छुन सकेन ।
विश्व महामारी कोभिड १९ का कारण बागलुङ जिल्ल पनि उच्च जोखिमा रहेकै वेला विस्तारै कार्यालयहरु खुल्ने कार्य विस्तारै अगी वढ्दै गर्दा कामलाई निरन्तरता दिदै जाने क्रममा पछिल्लो समयमा जिल्ला अदालत बागलुङ, उच्च अदालत पोखरा बागलुङ इजसास र जिल्ला प्रहरी कार्यालय बागलुङमा दैनिकी जस्तो कार्यले गइरहे । यहि विचमा मिति २०७७। ०६ ।२२ गते उच्च अदालत पोखरा वागलुङ इजलासमा कार्यरत २ जना कर्मचारी र जिल्ला प्रहरी कार्यलय बागलुङका कार्यरत कर्मचारीहरुलाई कोभिड १९ संक्रमण देखिएकाले कन्ट्याक टे«सिङमा परे । त्यसैले मिति २०७६।०६।२५ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा एऋच् जाँच गराए पश्चात होम क्वारेन्टाइन तर वसे मलाई कुनै किसिमको लक्ष्ण नभएकै कारण रिपोट पोजेटिभ आउने विषयम कुनै शंका नै लागेन । तर असोज २९ गतेका दिन बिहान उठि आफ्नो नित्यकर्म सकाएर सामाजिक संजालमा केहि अपडेटहरु नियाल्दै थिए । त्यत्तिकैमा ८. १५ बजे मोबाइलमा घण्टी बज्यो । अधिवक्ता राम सरको उहाँले मलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभयो । त्यति बेला सम्म मलाई कसैले पनि खबर गराएको थिएन ।
यो समयसम्म ममा त्यस्तो कुनै प्रकारको लक्षण देखिएको पनि थिएन । त्यसैले म सुरक्षित होमक्वारेन्टाइनमा बसेकी थिए । कोरोना पोजेटिभ भएको जानकारी प्राप्त भएपछि पनि मलाई केहि त्यस्तो नौलो लागेन मेरो सम्पर्कम रहेका सबैलाई फोन गरे । आफू कोरोना पोजेटिभ भएको जानकारी गराए उहाँहरु सबैलाई सुरक्षित र सजग रहन अनुरोध गरे । बिहानको पूरै समय मेरो फोनमै जानकारी गराउदैमा बित्यो । खाना बनाए खाए । घरमा सुरक्षित होमआइसुलेसन बस्नेकी अस्पतालको आइसुलेसनमा जाने भन्ने सल्लाह गर्दै थिर्यौ । यत्तिकैमा दिनको १ बजेर ३५ मिनटमा मोबाइलमा घण्टी बज्यो । फोन गर्ने मान्छेसँग कुरा गदै थिए तपाई अस्पताल आइसुलेसनमा जानुपर्छ । तर उहाँको कुरा सकिन नपाउदै घर तलबाट अस्पतालबाट गाडि लिन आयो छिटो तल झर्नुहोस् भन्ने खबर आयो । पूर्व जानकारी नभएकाले हतार हतार गरी केहि लुगा र सामान व्यागमा राखी १ मिनेटमै तयार भै घरतल झरे । लिन आउनुभाको दाइले अलि रिसाएको ढंगले किन ढिला गरेको भन्नुभयो । म हतार गर्दै केहि नबोली एक हातमा मोवाइल एक हातमा व्याग साती एम्वुलेन्सको पछाडी वसे ।
गाडीमा वसे पश्चात मनमा अलि भिन्न प्रकारका जिज्ञासाहरु उत्पन्न हुन थाले । जिन्दगीलाई बेग्लै प्रकारले परिभाषा गर्न थालेँ । बुझ्ने प्रयाुस गरे । तर यस्तो कोरोना संक्रिमित त्यही पनि सुरक्षित होमक्वारेन्टाइन वसेको व्यक्तिलाई हेर्ने आउने व्यक्तिहरुको घुइचो देखे मैले पो पिसिआर गरेकाले पोजेटिभ थाहा पाए ति हुलका मान्छेहरु किन कोरोनालाई सामान्य सोचिरहेका होलान् जस्तो लाग्यो । त्यहाँ हेर्ने मानिसहरुको भिड देखेर अचम्म लाग्यो । अनि सोच्न थाले यस्तो महामारीको समय छ । कसैलाई डर छैन । मैले त संक्रमित छु भन्ने कुरा जाँच गरेर थाहा पो पाए तर यो मानवहरुको झुण्डमा कति जना संक्रमित होलान् या नहोलान् किन अझै पनि यिनीहरुमा अलिकति पनि चेतना नआएको होला ।

यस्तै यस्तै मनमन कुरा खेलाउदा खेलाउदै म अञ्चल अस्पताल बागलुङको प्राङ्गणमा पुगे । एम्बुलेस रोकियो ।एम्बुलेन्सबाट झरेर करिब १० मिनेटसम्म म गाण्डमै बसे। १० मिनेट पश्चात् एउटा नम्बरबाट फोन आयो । प्रश्न थियो तपाई कहाँ हुनुहुन्छ। अस्पताल आइपुग्नुभयो कि नाइँ। मेरो जवाफ १० मिनेट भइसक्यो शरणार्थी झै एक्लै ग्राउण्डमा बसेको अहिलेसम्म कुनै रेसपोन्स छैन भने । उहाँको कल कट भएको १ मिनेटमै मलाई लिन एकजना पि.पि.ई. लगाएको दाइ आउनुभयो अनि बन्दै गरेको नयाँ अस्पतालको सिँढी चढाउदै एउटा कोठानजिकै पुर्याएर ल भित्र जानुहोस् आइसुलेसन कक्ष यही हो भन्दै ढोका बन्द गरिदिएर जानुभयो। कोठाभित्र छिरे मोबाइल अफ भयो। जाने कता कता मन आत्तियो । केहि थाहा छैन कोठाबाहिर निस्किए । एकजना दिदीलाई भेटे उहाँसँग म नयाँ बिरामी कता जाने, कहाँ बस्ने, मेरो मोबाइल पनि अफ भयो भन्ने कुरा गरेँ। त्यसपछि उहाँले म आएको जानकारी गराइदिनुभयो र एउटा कोठा देखाईदिनुभयो । दिदी जानुभयो । म फेरि त्यो कोठामा प्रवेश गरे। कोठा एकदम फोहोर थियो, माकुराको जालो थियो । कोठामात्र होइन ट्वाइलेट बाथरुमा पनि उस्तै फोहोर थिए । फेरि एकपटक जिन्दगिको परिभाषा खोज्न मन लाग्यो । जे जस्तो परिथिस्ती रहेपनि मलाई त्यहि ठाउँमा बस्ने बाध्यता थियो । 
कसैलाई केहि भन्न मन लागेन सबैभन्दा पहिले ज्वरो नापे ९८.१ं थियो । बाहिर निस्के एउटा कुचो र सफा गर्ने पोचो लिएर कोठा ,ट्वाइलेट र वाथरुम सरसफाइ गरे । बल्ल आइसुलेसन बस्न आएजस्तो महसुस गरे।
मसँग केहि पनि भाँडाकुडा थिएनन् घरबाट निस्केर त्यहाँ पुगेको ३ घण्टासम्म पानी पनि नखाइ कोठामा मै बसिरहे । यतिसम्मकी कोठामा बिद्युत् सर्ट भएर बत्तीसम्म थिएन। अर्को दिदीकोठामा लगेर मोबाइल चार्ज गरे अनि भाइलाई म्यासेज गरेर चाहिने सामान सबै मगाए। भाइले सामान ल्याइदिए पश्चात् मात्र पानी खाएँ । बेलुकाको खाना आयो । खाना खाएँ । रिपोर्टमा पोजेटिभ आएपनि म आफुमा कुनै प्रकारका लक्षण नदेखिएकाले आफूलाई सबल ठानिरहेकी थिएँ ।तर मनमा के के सोचाइ आयो थाहा भएन बिस्तारै ब्लड प्रेसर बढ्दै गयो । तनाव भयो । यसैदिन ब्लड चेकअपको लागि अस्पतालले लिएको थियो । डायरिया भएजस्तो पनि महशुस भयो । धेरै व्यक्तिहरुको फोन आयो तर रेसपोन्स गर्न सकिन । राती १२ बजेसम्म निद्रा परेन । त्यसपछि कतिबेला निदाउन पुगेछु पत्तै भएन । अस्पतालको गुप्तबासको मेरो पहिलो दिन जीवनको ऐतिहाँसिक बन्यो । भोलीपल्ट बिहान देखि अब आइसुलेसनमा रहने दिनसम्म प्रत्येक दिन बिहान उठ्ने, शारीरिक अभ्यास गर्ने, चेकअप गर्ने , बाफ लिने, र फ्रेस हुने जस्ता क्रियाकलाप नियमित थिए । साथै अनिवार्य भए ।
दोश्रो दिन सबेरै उठेर र आफुले गर्नुपर्ने सबै कार्य गरे । खाना पनि मज्जाले रुचेको थियो यो दिनसम्म कुनै लक्षण देखिएको पनि थिएन । तर तेश्रो दिनमा एकदमै टाउको दुख्यो, आँखाको भित्री भागसमेत बाहिर निस्केला जस्तो गरि टाउको दुखेकाले दिनभर सुते । दिउँसो ३ बजेतिर आइसुलेसन वाडमा फोन गरेर दुखाइ कम गर्ने औषधी मगाएर खाए ँ। पेट पोल्ने कार्य पनि भएकाले राती निद्रा पनि पर्न गाह्रो भयो ।
अझैपनि कोभिड १९ को प्रभाव उत्तिकै छ जनजीवन चलाउनको लागि घरबाहिर त निस्कनु नै पर्छ तर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र निस्कनै परेमा सुरक्षित र सचेत हुन आग्रह गर्दछु । अन्तमा म के भन्न चाहन्छु भने हामीले कोरोनालाई जति सामान्य सोचिरहेका छौँ त्यो गलत रहेछ। साँच्चिकै भन्नुपर्दा बसाइ एकदमै पिडादायक हुन्छ त्यसकारण सुरक्षित रहौँ सचेत बनौँ । अझै पनि तपाईहरुलाई यूनिसेफले जारी गरेका केही सुझावहरु प्रस्तुत गर्न चाहान्छु । कृपया सकेसम्म आफ्नो ख्याल राख्नुहोस , जीवन एकपटक पाइन्छ त्यसैले अमूल्य छ ।
सुझाव नं. १तपाईको शरीर तथा दिमागको लागि जे उपयुक्त छ त्यही गर्नुहोस ।
सुझाव नं. २ प्रियजनहरुसँग सम्पर्कमा रहनुहोस ।
सुझाव नं. ३ तपाईलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा थाहा पाउनुहोस ।
सुझाव नं. ४ आफूप्रति सद्भाव राख्नुहोस ।
सुझाव नं. ५ आफ्नो शरीरको अवस्थालाई ध्यान दिनुहोस ।
सुझाव नं. ६ आफ्नो सासलाई प्रयोग गरी आफैलाई शान्त राख्ने प्रयास गर्नुहोस ।
सुझाव नं. ७ तनावसँग जुध्नको लागी अस्वस्थकर उपायहरु नअपनाउनुहोस ।।
सुझाव नं. ८ आफूले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुहोस ।
सुझाव नं. ९ आफूले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुहोस ।
सुझाव नं. १० राम्रो कुराको लागी प्रयास गर्नुहोस ।
धन्यवाद
प्रस्तुती - सरु गैरे