नेपाली समाजमा बसन्त पञ्चमीका दिन अधिकांसले अक्षरारम्भ गर्ने प्रचलन रहिआएको छ । तर कतिपयलाई यो विधि कसरी गर्ने भन्ने विषयमा अन्योल नै रहेको पाइन्छ । सामान्यतया हामिले स्कूलमा भर्ना गर्ने समयलाई नै अक्षरारम्भको रुपमा बुझ्दै आईरहेका हुन्छौं । विशेषतः बालक बुझ्ने र लेख्न सक्ने भएपछि बालकको अवस्थाअनुसार घरमै सरस्वती र गणेशको पूजन गरेर बालकलाई अक्षर लेख्न र शब्द वाचन गर्न सिकाई यो संस्कार आरम्भ गरिन्छ । शास्त्रानुसार यो संस्कार बालकले ३ वर्ष पूरा नगर्दै गरिदिनुपर्दछ भन्ने प्रमाण स्पष्ट गर्दछन् । धार्मिक विधिपूर्वक गरिने अक्षरारम्भ दशौं संस्कार हो । यसको उल्लेख कुनै ग्रन्थमा गरिएको पाईदैन भने कुनै निबन्धग्रन्थमा अक्षरारम्भ नभनेर अक्षरस्वीकार भन्ने नाम भेटिन्छ । कसैको मतमा विद्यारम्भ भन्ने नाम दिईएको पाइन्छ । अक्षरारम्भबिना विद्यारम्भ हुनै नसक्ने र हाम्रो समाजमा क्रियात्मक रुपमा सर्वप्रथम अक्षरारम्भलाई नै बढी महत्व दिने गरेको देखिएकाले यहाँ पनि अक्षराम्भलाई स्थान दिनु उपयुक्त लाग्छ ।
बालस्य पञ्चमे वर्षे प्राप्ते भानौ मृगादिगे ।
आरभेताक्षरविधिं शुभेकाले यथोदिते ।। – संस्काररत्नमाला
अक्षरारम्भमा अक्षरहरु चिनाउन सुरु गरिन्छ । यस संस्कारले बालकलाई असत् प्रवृत्तिबाट मोडेर सत् प्रवृत्तितिर लगाउँछ । बालकको मस्तिष्क शिक्षा ग्रहण गर्न योग्य भएपछि उसलाई शास्त्रीय विधिअनुसार शुभ दिनमा अक्षरारम्भ गराउनुपर्छ । शास्त्रीय भनाईअनुसार चूडाकर्म गरिसकेपछि बालकलाई अत्यन्त चतुर भए तेस्रो वर्षमा अथवा पाचौं वर्ष या सातौं वर्षमा उपनयन संस्कार गर्नुभन्दा पहिले नै अक्षरारम्भ गराउनुपर्छ ।धर्मशास्त्रहरु एवम् काव्यादि ग्रन्थमा पाइएका प्रमाणहरुले अक्षरारम्भसंस्कार धेरै पहिलेदेखि नै गर्ने गरिन्थ्यो भन्ने स्पष्ट बताउँछन् ।राम्रो शब्द बोल्दा आनन्द लिने मान्छे नराम्रो शब्द बोल्दा रिसाउँछ । प्रसंसा गर्दा खुशी हुने मान्छे घृणा गर्दा निरास हुन्छ । यी सबै क्रिया प्रतिक्रिया भित्रको रहस्य शब्द प्रयोगमै निर्भर रहने कुराहरु हुन् ।
अक्षरारम्भ नै किन ?
पूर्वीय सभ्यतामा अक्षरलाई निकै महत्वका साथ हेरिएको छ । भगवान कृष्णले पनि अक्षरहरुमा म ॐ हूँ भनेर भन्नुभएको छ । ॐ अक्षर आफैमा भगवान ब्रह्मा,विष्णु र महेशको प्रतिकको रुपमा सम्पूर्ण अध्यात्मवादीहरु स्वीकार गर्दछन् । पश्चिममा भएका महत्वपूर्ण शोधहरुले पनि ॐशब्दलाई वैश्विक ध्वनिको रुपमा र सूर्यबाट प्रत्येकपल गुन्जिरहने आवाजको रुपमा प्रमाणित गरिकेका छन् । यसको साथ साथै हाम्रा उपनिषदले पनि शब्दब्रह्म र नादब्रह्मबाट विश्वको सृष्टि भएको कुरा उल्लेख गर्दछन् । त्यसकारण पनि अक्षरले हाम्रो जीवनमा निकै ठुलो महत्व राख्दछ ।राम्रो शब्द बोल्दा आनन्द लिने मान्छे नराम्रो शब्द बोल्दा रिसाउँछ । प्रसंसा गर्दा खुशी हुने मान्छे घृणा गर्दा निरास हुन्छ । यी सबै क्रिया प्रतिक्रिया भित्रको रहस्य शब्द प्रयोगमै निर्भर रहने कुराहरु हुन् । त्यसकारण पनि सकारात्मक र उर्जाशील अक्षरको प्रयोग र उच्चारण आवश्यक छ । त्यसका लागि पनि अक्षरारम्भ संस्कार आफैमा वैज्ञानिक भएको पुष्टि हुन्छ ।
भनिन्छ प्रत्येक विहानीले दिनको संकेत गर्दछ । त्यस्तै प्रत्येक बालकको बाल्यकालले सम्पूर्ण जीवनको दिशाधारा निर्धाराण गर्दछ । यस्तो संवेदनशील समयको सदुपयोग उचित ढंगबाट हुन् सके बालकको यथोचित ढंगबाट विकास हुन सम्भव हुन्छ । विशेष गरेर यस दिन सरस्वतीको वाद्ययन्त्र वीणाको ध्वनी,कमलको निश्चलपन,वेदको विज्ञान,हंसको विवेकीपन बालकमा जागृतहोस् भन्दै साधना समेत गराउन सके बालकको मस्तिष्क प्रखर र उर्जाशील बन्न सक्दछ ।माघ शुक्ल पञ्चमीका दिन अक्षर आरम्भ तथा सरस्वती पुजाका रुपमा मनाइन्छ यस दिन विशेष गरेर आफ्ना नानीबाबुलाई सरस्वती पूजा गराएर अक्षर लेख्न सिकाउँछन् । ‘विद्याकी देवी सरस्वतीको पूजा गरेर पढाइ सुरु गरे ज्ञान र पढाइ राम्रो हुने विश्वास गरिन्छ । प्राथमिक शिक्षा श्रीपञ्चमीदेखि र उच्च शिक्षाको दीक्षा गुरुपूर्णिमादेखि लिने गरिन्छ । ‘श्रीपञ्चमीदेखि लेखपढ गर्नुपर्ने चलन पहिलेदेखि चलिआएको हो, ‘यही दिनदेखि क, ख लेख्न लगाइन्छ । महान् व्यक्तिलाई आदर, सम्मान, बोलीरूपी देवीदेवतालाई नमस्कार गर्न सिकाइन्छ ।’
‘मकर संक्रान्तिदेखि सूर्य उत्तरी गोलार्धमा सर्छ । यसलाई उत्तरायण भनिन्छ । सूर्यको गति उत्तरतर्फ लागेपछि देवताहरूका दिन सुरु भएको मानिन्छ । देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विश्वास गरिन्छ, ‘अक्षरको वर्ण, ह्रस्व, दीर्घ, हलन्त, अनुस्वार, विन्दु, विसर्ग, स्वर वर्ण, व्यञ्जन वर्ण, नाद वर्ण, सरगम, सप्तस्वर संगीत, ध्वनि, वर्ण सबै भगवान् शंकरको डमरुको नादबाट निस्केका हुन् भन्ने मान्यता रहेको छ ।’
अक्षरारम्भ विधि
१. सरस्वतीको मूर्ति स्थापन गर्ने । २. षोडशोपचारले बालकलाई मूर्तिको पूजन गर्न लगाउने । ३.सरस्वती संगै गणेशको स्थापना गर्ने ।४. बालकको ललाटमा श्रीखण्ड चन्दन लेपन गर्ने । ५. नीम, तुलसी र गानेगुर्जो पिसेर बालकलाई सुँधाउने ।६. सम्पूर्ण पूजन गरिसकेपछि बालकलाई सरस्वतीको बन्दना श्रवण गराउने ।७. बालकलाई ॐ भूर्भुवः स्वः मन्त्र मात्र उच्चारण गरेर दोहो¥याउन लगाउने ।८. बालकलाई लेखनी समात्न लगाई पुस्तिकामा ॐ अक्षरबाट आरम्भ गरेर शुभ शब्दहरु लेखाउने ।९. बालक ३ वर्षको हुनुभन्दा पहिले नै बालकको बौद्धिक अवस्था हेरेर अक्षरारम्भ संस्कार गर्नुपर्दछ ।१०. बालकलाई उसको रुचिअनुसार शिक्षा दीक्षा सम्पन्न गर्नु उत्तम मानिन्छ ।