म्याग्दी । अहिलेको समयमा कुनै पनी गाउँमा कुखुरा, बंगुर र रक्सी ९मदिरा० निषेध गरिएको छ, भन्दा अचम्म लाग्न सक्छ तर म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको जगन्नाथ गाउँमा यी कुराहरु निषेध गरिएको छ । गाउँमा व्यावसायिक तथा घरायसी कुखुरापालन, बंगुरपालन र जाँडरक्सी उत्पादन हुदैन ।
आजभोलीको समयमा कुनै गाउँमा कुखुरा, बंगुर र जाँडरक्सी चल्दैन भन्ने कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । नलागोस पनी कसरी रु म्याग्दीमा एउटा यस्तो गाउँ छ जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र अवैध घरेलु जाँडरक्सी उत्पादन नै हुँदैन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बेनी नगरपालिका–५ मा रहेको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने जाँडरक्सी समेत उत्पादन, विक्री र गाउँका कसैले पनि नखाने स्थानीय निलकण्ठ शर्माले बताए ।
हिजोआज पशुपन्छीपालनबाट मानिसहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । कतिपयले व्यावसायिक रुपमै फर्म दर्ता गरेर कुखुरापालन र बंगुरपालन गरिरहेका छन् । यस्तै जाँडरक्सी उत्पादन र बिक्री वितरणबाट पनि राम्रै कमाइ हुने गरेको छ ।अझै गाउँगाउँमा त झन् अवैध घरेलु जाँडरक्सी दिनानुदिन उत्पादन हुनुका साथै छ्यापछ्याप्ती बिक्री वितरण हुने गर्दछ । तर,यस्तो अवस्थामा पनि म्याग्दीको एउटा गाउँमा भने व्यवसाय त परै जाओस्, घरायसी कुखुरा, सुंगुरपालन, बंगुरपालन र घरेलु जाँडरक्सी उत्पादन नै हुँदैन । उत्पादन नै नभएपछि बिक्री वितरण हुने त झन् कुरै भएन ।
जगन्नाथ राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र जाँडरक्सी उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका उल्लेख छ । गाउँको बीच भाग हलहलेचौरमा प्रसिद्ध जगन्नाथ मन्दिर रहेको छ ।