Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्व हिमोफेलिया दिवस मनाइँदै
विश्व हिमोफेलिया दिवस मनाइँदै
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
पर्यटन फिचर विचार
  • Home
  • News
  • फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ?
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ?
बैदाम गाउँका बुढापाकाहरु भन्छन् – ‘पहिले फेवातालको किनार उनीहरुका गाउँकै छेउमा थिए । अहिले पर-पर हटिसकेका छन् ।’
सारङ्गी न्युज
मंगलबार, चैत ३, २०७७ सारङ्गी न्युज

पोखरा आउनोस् तपाईको ध्यान म वाराहीथान नजीक फेवाताल भित्र देखिने रुखका ठुटाहरु माथि आकर्षित गर्न चाहन्छु ।

केही दशक अघि ती ठुटाहरुलाई देख्दा के सोचेको थिएं भने पार्दीमा बनेको बाँधको कारणले पानी उठॆर किनारामा रहेका रुखहरु डुवेका होलान् । तर बाँध फुटेर पानी छ्याम्म घट्दा पनि ती ठुटाहरु किनारामा देखिनुको कुरा त परै रहोस् ताल भित्र अरु थप ठुटाहरु अरु परसम्म देखिनमा आए । अब सोच्नोस् ती ठुटाहरु कसरी ताल भित्र भए ?एउटा बोटेले भन्यो – त्यहाँ एउटा गाउँ थियो । त्यो गाउँभन्दा माथि एउटा ताल थियो रे । त्यो ताल फुटेर त्यस गाउँलाई पुरेको थियो रे र त्यही गाउँका बगैंचाका रुख हुन् अरे यी । त्यस केटोले यो पनि जोडेको थियो कि त्यो गाउँ डुवेपनि एउटा सुंगुरको अनुहार परेको ढुंगो चािहं डुवेन र त्यसैलाई नै वाराही भनी पूज्न लागेका रे ।अब म मन्दिरको पुजारीलाई भेट्न गएं । बुढो पुजारीको नाम पूर्णभद्र शर्मा रहेछ । सेदीखेत गुठीको आयस्ताबाट पूजा चलाउँदै आएका एउटा वंशको चौथो पिढींका पुजारी रहेछन् उनी । उनले पुस्तौंदरपुस्ता दन्त्य परंपरामा चल्दै आएको एउटा ग्रीक पुराणको कथासंग मिल्ने कथा यसरी हाले –
याहाँ एउटा गाउँ थियो रे । गैरा गाउँ । त्यस गाउँमा एक साँझ एउटा ब्रम्हचारी आएर बास मागेछन् । कसैले पनि बास दिएनन् रे । त्यसै गाउँमा एउटी बुढीमाउ पनि बस्थिन् रे । तीनले भने ती ब्रम्हचारीलाई गाँस र बास दिइछन् । भोलिपल्ट त्यो ठाउँ छोड्ने बेलामा ती महापुरुषले बुढीमाउलाई ूआमै यो गाउँ छोडीहाल है यो गाउँ अब ताल बन्नेछनू भनी त्यहाँबाट अलप भएछन् । ती बुढीमाउ गाउँ छोड्न उकालो लागिछन् । केहीमाथि पुगेपछि ठूलो बाढी आएछ । बुढीमाउ िहंडन सकिनछन् । बाढीले समाति हालेछ । तिनले नजीकैको एउटा सुंगुरको थुतुनो जस्तो चुच्चेढुंगो समातिछन् र वचिछन् । त्यो चुच्चेढुंगा त ता वाराहीको मूर्ति पो रहेछ जसलाई पछि वरपरका गाउँलेहरुले वाराही भनी पुज्न लागेछन् । बुढीमाउ वचेपनि वरपर पुरै ताल बनेर त्यो गाउँ त पुरै डुवेछ । त्यसै गाउँका वगैंचाका रुखका ठुटाहरु हुन् रे यी । उनीहरु भन्छन् ती ठुटाहरु असाध्यै साह्रो छ र बाचरोले हान्दा आफ्नै थाप्लोसम्म फर्कन्छ ।

पुजारी लगायत अरु रैथानेहरुले पनि ती ठुटाहरु यस्तै प्रकारका रुखका हुन् भन्न सकेनन् । पुजारी आफ्ना चार पूस्ताभन्दा अघिका कुराबारे केही भन्न सक्तैनन् । र त्यस अघि कहिले त्यो तथाकथित गाउँलाई दुर्भाग्य भोग्न पर् यो सो अन्धकारमा नै छ ।सवभन्दा टाढा देखिने ठुटोसम्म पुग्न झण्डै ५०० मिटर बहना ख्याउन पर् यो । धागोमा ढुंगा झुण्ड्याएर नाप्दा त्याँहाका गहिराइ १०/१२ फुट रहेछ । वर्षाको भेलबाट बालुवा आई द्रुतगतिले ताल पुिरंदै गएको भूगर्भवेत्ताहरुका भनाइलाई लिएर भन्न सकिन्छ ती रुखहरु डुवेदेखि यता अवश्यै तालको गर्भमा बालुवाको तह थपियो । यो त भयो प्राकृतिक ढंगबाट ताल पुरिने प्रकृया । थप मावन निर्मित निर्माण कार्यहरुले पनि यसलाई पुर्ने काम भइरहेछ । यसको जलाधार क्षेत्रमा धेरै मोटर सडकहरु बनेका छन् । यसबाट निस्केका माटो तथा त्यसको असरबाट बर्षेनी हुने पैरोहरुले अथाह माटोहरु झारेका छन् । यो ताल पुरिदै मात्र गएको हैन कि ७०/७५ वर्षको तुलनामा यसको पानी घटेर गएको तथ्य पनि यस क्षेत्रमा काम गरिरहेका भू तथा जल संरक्षण विभागबाट प्रकाशमा आएको छ ।

बैदाम गाउँका बुढापाकाहरु भन्छन् – ‘पहिले फेवातालको किनार उनीहरुका गाउँकै छेउमा थिए । अहिले पर-पर हटिसकेका छन् ।’

यसरी किनारा पर हट्नुको कारण संभवतः तालमा माटो थुप्रिएरनै भएको हुन सक्छ । जे होस् यो स्पष्ट छ र भयो कि ती रुखका ठुटाहरु ७०/७५ वर्ष पहिले तालका अरु गहिराइमा थिए ।पण्डितजीले आफ्ना चार पुस्ता अघिसम्मका कथाहरु राम्ररी भन्न सक्छन् । यसैबाटै पनि बुझिन्छ कि यी रुखहरुका ठुटा उनका चार पुस्ता पहिलेसम्म पनि एउटा कथाकै रुपमा पानी भित्र थिए र निश्चयनै अरु गहिराई भित्र थिए ।यत्रो लामो अवधिसम्म नकुहीकन रहन सक्ने काठ सालको अग्राख मात्र हुन सक्छ । अर्थात यो हुन सक्छ कि यो ताल बन्न भन्दा अघाडि त्यहाँ सालको वन थियो ।तैपनि म यो भन्दिंन कि त्याहाँ गाँउ थिएन । त्यहाँ फल-फूलको बगैंचा भएको गाउँ पनि हुन सक्थ्यो र ठाउँ ठाउँमा सालको रुख पनि । तर प्रश्न यही छ कि त्यो ठाउँ पानीले कसरी डवायो कुन भवितव्यता पर्न गयो त्यहाँ पहिलो कुरा त बैदाम गाउँवासी बुढापाकाहरु भन्दैछन् – ७०/७५ वर्ष अघि तालको किनार उनीहरुका गाउँ छेउनै थिए र हाल पानी घट्दै गएर पर पर हुँदैछन् । साथै पहिले रुखहरुका ठूटाहरु यसरी छर्लंग नदेखिकन पानी भित्र थिए ।

ती ठुटाहरु कसरी पानी भित्र पहिलेदेखि नै थिए त यसले स्पष्ट गर्दछ कि कुनैबेला ती रुखहरु भएको ठाउँसम्म तालको पानी अवश्यै थिएन किनभने पानी भित्र रुखहरु त्यसरी उम्रने वा हुर्कने गर्दैन । त्यहाँ एक्कासी अथवा एक वा दुई वर्ष भित्र तालको निकासमा अरु माटो वा गेग्र् यान थुपिैएर थुनिएर तालमा पानी बढेको हुन सक्छ ।यो त रुखहरु पुरिएको प्रश्न मात्र भयो र मेरो शंका यो थियो कि त्यहाँ पहिले देखिनै एउटा ताल थियो र तालमा पानी बढ्यो । तर जुन कथाको विवेचना यहाँ भइरहेछ त्यसले त पहिले त्यहाँ कुनै ताल नै नभएको र पछि ताल बनेको बताइरहेको छ ।


तालको जन्म सम्बन्धमा केही विद्वानहरुले भनिरहेका छन् – हार्पन तथा मार्सीखोलाको तल्लो भाग भूकम्पले गर्दा उठ्यो र त्याहाँ ताल बन्न गयो । तर पोखरा क्षेत्रका भूमी र भूगोललाई विचार गर्दा यही निष्कर्षमा पुगिन्छ कि कुनैपनि ताल बन्न त्यहाँ असाधारण भूकम्पले जमीन उठाइ राख्नपर्दैन । साधारण भन्दा साधारण पैरोले नै निकासलाई थुनेर खोलाले काटेको गहिरो भागमा ताल जमाइदिन सक्छ ।विचार गर्नोस् ‘पोखरा’ भन्ने नाम कसरी रहन गयो पोखरा वा पोखरी दुवै शव्द प्राकृत भाषाबाट आएका समान अर्थबोधक पर्यायवाची शव्द हुन् । पोखरालाई पोखरीकै अर्थमा लिएर यसको भूगोल विचार्नोस् । पोखरा एउटा ठूलो उपत्यका हो र सेतीले एउटा पहाडी श्रृङ्खलालाई काटेर निस्केको छ । टोनी हेगनका अनुसार महाभारत पहाड खुम्चिएर उठिदिनाले महाभारत उत्तर हिमालयदेखि दक्षिणका समस्त भाग त्यहाँका नदीहरुका कारणले पोखरी स्वरुपमा परिवर्तित भए र यहाँका नदीहरुले विस्तार विस्तार गल्छेडो काटेर निकास खोलेपछि पोखरीहरु खोिलंदै गए ।

पोखराको भूगोललाई विचार गरेर हेर्दा बुझिन्छ कि गण्डकीले महाभारत पहाड खोलेर गएपनि पोखरा उपत्यकामा अवशेषको रुपमा एउटा ताल धेरै कालसम्म रह्यो र कालान्तरमा सेतीनदीले यसलाई पनि खोलेर गयो । यसरी खोिलंदा गहिरा ठाउँहरुमा फाट्टफुट्ट सातवटा तालहरु फेवा वेगनास रुपा खास्टे डिपाङ र मैदी रहन गए ।पोखराको यस नामाकरणलाई मैले भूगोललाई हेरेर अड्कल काटेको मात्र हैन कि लोकआहान तथा पौराणिक ग्रन्थले पनि त्यही किसिमको संकेत दिइरेहको छ ।पोखराको अन्दाजी २५ किलोमिटर दक्षिणमा एउटा भिमाद भन्ने ठाउँ छ । यसलाई पुराणपुरुष भीमसंग जोडेर कथा हालिने गरिन्छ । भनिन्छ द्रौपदीको लागि अलौकिक फूलको खोजीमा उत्तरापन्थतिर आएको वेलामा भीम याहाँ आइपुगेका थिए । उनैले यहाँका प्राकृतिक बाँध भत्काएर पोखरीको पानी बाहिर निकाले । अर्को भनाइले भन्दछ कि राजसूय यज्ञको लागि दिग्विजय गर्दै आइपुगेका भीमले याहाँका प्राकृतिक बाँध भत्काएर पोखरीको पानी बाहिर निकाले । भीमकै नामबाट त्यो बाँधलाई पूर्वकालमा ‘भीमबाँध’ भनियो र जनजीव्रोमा अपभं्रश भई हाल ‘भीमाद’ भनिएको हुनुपर्छ भन्ने स्थानीय जनता तथा विद्वानहरुको भनाइ छ । यस क्षेत्रको महात्म्य गाउने गण्डकी महात्म्यले यस ठाउँलाई भीमबाँध भनेको पाइएको छ ।८ तर यसमा भीम शव्दको प्रयोग ‘ठूलो स्वरुपको’ भन्ने अर्थमा भएको देखिन्छ :

भीमबन्धं दृढं बद्ध्वा गृहीत्वा शुक्लगण्डकीम्
शूलेन भेदिताद्रन्ध्राच्छिवो मिलति कृष्णया
अ.१ पृ.८७

अर्थात् ‘ठूलो बलियो बाँध बाँधेर सेतीगण्डकीलाई थुनेर शूलले छेडिएको प्वाल कुलो बाट शिवरुपी सेतीगण्डकी काली गण्डकीमा मिल्दछ ।’ कालान्तरमा जनमानसले ठूलो स्वरुपको भएको यस बाँधलाई बलशाली भीमसंग जोडेको स्पष्ट हुन आउँछ । जे होस् यसको आशय चािहं सपष्टै छ कि यो पोखरा उपत्यकानै पूर्वकालमा एउटा पोखरी थियो । भूगोललाई हेरेर भन्न सकिन्छ पोखरालाई त्यसै पोखरा भनिएको छैन । सानो भन्दा सानो भौगर्भिक परिवर्तनले कैयूंपल्ट एउटै पोखरी खोलिन र बन्द हुनासाथै कैयूं नयाँ पोखरीहरु बन्न सक्दछ । साथै कैयूं पुराना पोखरीहरु पुरिएर वा खोलिएर जान एकदमै स्वाभाविक छ ।

पोखरा भित्रका सेती काली फुस्रे विजयपुरका साथै अरु साना भन्दा साना खोला समेतका हरेक नदीका डिलमा गएर उभिनोस् – कसरी यी नदीहरुले माटो काटेका छन् । कति ठाउँमा कसरी मान्छेनै फड्कन सकिने साँगुरो गल्छेंडाहरु यीनले काटेका छन् कति ठाउँमा त पानी जमीन मुनि नै भास्सिएर बगेका छन् । त्यत्ति साँगुरो गल्छेडो वा दुलो पुरिइन कुनै ठूलो भवितव्यता भइरहन पर्दैन । किनारकै पैरो झरेर पनि यी थुनिइन सक्छन् र भेलले ल्याएको माटो ढुंगाले पनि पुरिन सक्छ ।माथि बगर भन्ने ठाउँमा आउनोस् । त्यहाँको भूगोल विचार गर्नोस् । उत्तरबाट कालीखोला र पश्चिमोत्तरबाट सेतीनदी आएर एउटा फराकिलो क्यानियन खाल्डो त्यहाँ बनेको छ । क्यानियनमा निकै तहतह परेको ठूला ठूला गराहरु देखिन्छन् । पारीपट्टी दोश्रो तहमा केही घरहरु र खेतहरु पनि देखिन्छन् । अलि दक्षिणतिर वालमन्दिरनिर आएपछि सेतीनदी साँगुरो गल्छेडोबाट निस्केर गएको पाइन्छ । सोच्नोस् त्यो गल्छेडो पुरिन केही ठूलो कुरो छैन । पैरोले थुनिन सक्छ । सेती र कालीखोलाले ल्याएको माटोले बन्द हुन सक्छ । यसरी पुिरंदाका परिणामहरु सोच्नोस् । त्यहाँ १५० फिट गहिरो ताल बन्ने छ र पारीको बीचको तहमा भएका घर र खेतहरु एउटा किमवदन्ति बनाएर डुब्नेछ ।

बस् यही भवितव्यता घटेको हुन सक्छ गैरागाउँलाई । यही भौगोलिक कारण हुन सक्छ फेवातालको जन्म कथा ।

किमवदन्ति अनुसार त्यहाँ एउटा पुरानो ताल हुन सक्थ्यो । र त्यसै मुनि गैरागाउँ संभवतः हार्पनखोलाले काटेको गहिरो क्यानियनको कुनै तहमा अवस्थित थियो । यस्तो प्रतित हुन्छ – त्यो ताल मुनिदेखि फुस्रेखोलासम्म हार्पनखोलाले गहिरो गरी काटेका क्यानियन गल्छेंडा र दुलाहरु बनाएको थियो ।सोही माथिल्लो ताल फुटेर हार्पनको क्यानियनमा अवस्थित गैरागाउँ डुवाउँदै वरपर पैरो लडाएर पार्दीनेरको साँघुरो गल्छेडो पुरिएको तथ्य यसबाट बुझिन्छ । समस्त गाउँ डुव्दा कुनै एउटा बुढी एउटा अग्लो ढिस्कोमा गई बाँचेको हुनुपर्दछ र त्यस घटनालाई देउताकै कृपा संझी वाराही सम्बन्धित लोककथाको श्रृजना भएको हुन सक्छ ।अब विश्लेषण गरौं वाराही मन्दिर छेउँछाउमा देखिने १०/१२ फुट गहिरामा डुबेर बस्ने रुखका ठुटाहरु बारे । तालको प्राचीनता र रुखको आयुलाई दृष्टिगत गर्दा अवश्य नै ती रुखहरु गैरागाउँमा बगैंचाका रुखहरु हुन सक्दैनन् । ती ठुटाहरु ताल बनेको कैयूं समयपछि तालको छेउमा अवस्थित सालको बनका हुन सक्छन् र जस्तो कि माथि नै मैले एक ठाउँमा शंका उठाएथें – पार्दीनेरका भागमा अरु पैरो थपिइ तालको सतह अरु बढ्न गयो र ती रुखहरु डुब्न गयो ।

यही कुरो म गैरागाउँलाई पनि घटेको थियो कि भन्ने शंका उठाउन सक्थें । तर गैरागाउँको कथामा स्पष्टतः भनिएको छ कि गाउँ डुबेको हैन बगाएको थियो र गाउँ तालको किनारामा हैन कुनै अर्को तालभन्दा केही तल अवस्थित थियो ।अब अरु तल गएर यसको भूगोलको अध्ययन गरौं । किनभने यसबाट अरु रोचक कुराहरु जोडन सकिने छ । म के भन्न खोज्दै छु भने फेवाताल बन्न अघि पार्दी नजिकै हाल तालको शीलशीला टुट्ने ठाउँसम्म एउटा ठूलो गहिरो क्यानियन थियो र पार्दीखोला यहाँबाटै पाताल भासिन्थ्यो ।
अब म यो भूगोलमा भवितव्यता जोड्दछु – कुनै वर्ष कथित आहानले भनेझै माथिल्लो ताल फुटेर आयो र त्यसले बोकेर ल्याएका माटोहरुले पार्दी नजिकको क्यानियन र पातले बाटोको मुख टालिदियो । तव यो सोच्नुहोस् सम्पूर्ण क्यानियनको खाल्डो भाग एउटा तालमा परिणत भयो । फेवाताल नाम दिएर ।

हालको पातले छाँगोबाट बग्ने पार्दीखोलाको अध्ययन गर्नोस् । पहिले त्यो खोलो जमीन मुनिबाट बगेको नभई जमीनको माथि माथिबाटै बगेको तथ्य त्याहाँ हाल देखिने खोलो बग्ने गोरेटोबाट बुझिन्छ । त्यो गोरेटो त्यती गहिरो नदेिखंदा त्यो खोला त्यसबाट केही सय वर्ष मात्र बग्यो होला भन्ने अनुमान लाउन सकिन्छ । यस प्रसंगमा यो भन्न चाहन्छु कि पातले गल्छेडोको मुख टालिएपछि पार्दीखोलो त्यसै गोरेटोबाट केही सय वर्षसम्म बहिरह्यो र पछि आफ्नो पुरानो गल्छेडोमा खस्न पुग्यो । यसरी आफ्नो पुरानो दुलो भेटिएपछि पार्दी खोलो पाताले छांगोको नाम लिएर फेरि भित्रभित्रै बिलाएर पुरानै आफ्नो बाटोबाट बहन लाग्यो ।यहाँ हात परेको किमवदन्तिलाई केलाउने आफ्नो जात जनाएको मात्र हुँ । मेरो अनुमान कतिसम्म सत्य हुन्छ म भुगर्भवेत्ताको र अरु अनुसन्धानकर्ताका अनुसन्धानलाई पर्खिरहेछु ।

मंगलबार, चैत ३, २०७७, १७:३२:००
#इतिहास
आफ्नो टिप्पणी दिनुहोस्
पर्यटन को अधिक समाचार पढ्नुहोस्
‘कालिका दर्शन वर्ष’ काे भव्य तयारी
गायक माैसम गुरूङ र सुनिताकाे गाैँंथली (भिडियो सहित)
म्याग्दीको एक सभ्य गाउँ : रक्सी, कुखुरा र बंगुर निषेध
हेलाे सरकार ! मजदुरले गरी खान्छु भन्दा काेराेना लाग्ने, नेताले जुलुस निकाल्दा नलाग्ने ?
पर्यटन
पर्यटककाे पर्खाइमा पाेखरा
64x64
आईतबार, साउन १८, २०७७ सारङ्गी न्युज
पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै पोखरामा साना तथा मझौला गरी ३० प्रतिशतजति होटल खुले पनि अधिकांश पर्ख र हेरको अवस्थामा पुरा पढ्नुहोस्
पर्यटन
गिनिज बुकमा बाग्लुङ र पर्वत : शालिग्रामकाे नदीमा संसारकै लामो झाेलुङ्गे पुल जिल्लाका पर्यटन तथा आर्थिक विकासमा पनि टेवा पुग्ने विश्वास
64x64
शनिबार, साउन १७, २०७७ सारङ्गी न्युज
स्वीट्जरल्याण्डकाे रेकर्ड तोड्दै नेपाल : अहिलेसम्म सिङ्गल स्पानको ४ सय ९७ मिटर लामो पुल स्वीट्जरल्याण्डमा रहेको रेकर्ड छ । कसरी नेपालले गिनिज बुकमा लेखाउदै छ ? पुरा पढ्नुहोस्
ताजा समाचार
विश्व हिमोफेलिया दिवस मनाइँदै १९ मिनेट पहिले
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गाउँपालिकाकाका बिरामीलाई  निःशुल्क रगत
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
हेर्नुहोस् तपाईंको आजको राशिफल - बैशाख ४ गते
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
विश्व हिमोफेलिया दिवस मनाइँदै सारङ्गी न्युज
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत सारङ्गी न्युज
आजको मौसम पूर्वानुमान : चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना सारङ्गी न्युज
राजनीति
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै १ घण्टा पहिले
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १५ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP