पाेखरा । भारतको सिरम कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपको थप १० लाख मात्रा आइतबार नेपाल ल्याइने भएको छ । नेपाल सरकारले खोप खरिद गरेर पहिलो चरणमा १० लाख मात्रा ल्याउन लागेको हो ।सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरिसकेको छ । साे खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिनेछ ।फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने छ ।
यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । यसैगरी पहिलो चरणको खोप अन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान भोलिसम्म थपिएको छ ।