पोखरा । गायिका मेलिना राई र सौगातजंङ थापाको नयाँ गीत मैले गर्ने माया सार्वजनिक भएको छ ।
उत्तम कुमार बास्तोलाको शब्द रचनामा रहेको गीतमा राई र थापाले सुमधुर आवाज दिएका छन् ।
मैले गर्ने मायालाई प्रशान्त पौडेलले संगीत संयोजन गरेका छ्न भने निशान निरौलाले एरेन्ज गरेका हुन् ।
कलाकार सुधीर श्रेष्ठ र गीता ढुंगानाले फिचर्ड गरेको गीतमा म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् ।
अमृत चापागाईंको सम्पादन ,ज्ञानेन्द्र शर्माको छायांकन र नरेश बिबिसीको मिक्सिङ्मा बनेको म्युजिक भिडियो युट्युब मार्फत रिलिज भएको हो !