केपि कुमार जलन,
बागलुङ । पछिल्लाे समय चलचित्रका हिराे हिराेइन नेपाली गित संगितमा पनि रुचि देखाउन थालेका छन । महङगाे चलचित्र नृत्य निर्देशन अभिनय गर्ने फिल्मि कलाकार नेपाली लाेकदाेहाेरी म्युजिक भिडियाेमा देखिए लाेकप्रियता घटने बिचारलाई नायक दिलिप रायमाझीले ताेडेका छन ।
उनी चलचित्र जगत मध्ये सबै भन्दा बढि लाेकदाेहाेरी म्युजिक भिडियाेमा देखिने हिराेमा पर्छन । यसाे त चलचित्र संगै लाेकदाेहाेरीमा अभिरूचि राख्ने नायक दिलिप रायमाझी र कबिता नेपाली काे निकै उत्कृष्ट नृत्य रहेकाे लाेक दाेहाेरी गित के छ ज्यानलाई भर्खर मात्रमा रिलिज भएकाे छ । माया प्रेमकाे एक अन्तरभाबलाई गित मार्फत प्रस्तुत गरिएकाे एक दृश्य भिडियाे निकै मेहनत गरिएकाे छ ।
पछिल्लाे समय सारङ्गीबाधक रूपमा कहलियका गायक सर्जक हेमन्त कान्छा रसाईली र लाेक दाेहाेरी गायिका निता पुनकाे अावाज र सहकार्यमा केछ ज्यानलाई लाेक दाेहाेरी गित बजारमा अायकाे छ ।सर्जक रमेश बिजिकाे शब्द हेमन्त कान्छा रसाईलीकाे संगितमा यस गितमा नेपाली चलचित्रका हिराे दिलिप रायमाझि र डान्सर कबिता नेपालीकाे दमदार नृत्य देख्न सकिन्छ ।
निकै तामझाम सहित तयार पारीयकाे म्युजिक भिडियाेकाे निर्देशन कुमन नेपाली, छ्याङकन करन चैशिर र सम्पादन मनाेज कार्किले गरेका छन । गितकाे भिडियाे हेमन्त कान्छा रसाईली अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकाे छ ।