पाेखरा । २९९ औं पृथ्वी जयन्तीका दिन अाज विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल रह्यो ।राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए ।
तर मुल सडक नै अवरुद्ध हुने गरी आएको र्यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न भयो । राजावादी र प्रहरीको धक्कामुक्की भयो । प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।र्यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।