पाेखरा । समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति समर्थक संस्कृतिकर्मीहरुको नयाँ मोर्चा गठन भएको छ । लामो समयदेखि प्रगतिशील लेखक सङ्ले बदलिएको सामाजिक, सांस्कृतिक र राजनीतिक परिस्थितिमा सिर्जित नयाँ अन्तरविरोधलाई सम्बोधन गर्न सक्दैन भन्दै प्रगतिशील र प्रगतिवादी खेमाका लेखक साहित्यकारहरूले नयाँ मोर्चा गठनको पहल गरेका थिए ।
विगत केही वर्षदेखि प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै आएका लेखक साहित्यकारहरूले गठन गरेको यस मार्चाको अवधाराणा पत्र पनि छिट्टै सार्वजनिक हुने उक्त मोर्चासम्बद्ध लेखहरूले बताएका छन् । मोर्चामा सत्ताबाहिर रहेर वैज्ञानिक समाजवादी क्रान्तिको अपरिहार्यतालाई आत्मसात् गर्दै आन्दोलनरत चार कम्युनिष्ट घटक सम्बद्ध र स्वतन्त्र रहेका लेखक साहित्यकारहरू आवद्ध रहेको कुरा जानकारीमा आएको छ ।
आज वितरित मोर्चाको प्रेश विज्ञप्तिमा भनिएको छ, ‘कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा प्रतिबद्ध संस्कृतिकर्मीहरुले सिर्जना एवम् आन्दोलनका युगीन दायित्वहरुलाई नयाँ उचाइबाट सङ्गठित ढङ्गले पूरा गर्नुपर्ने आवश्यकता बोध गर्दै र विगत केही वर्षदेखि नेपालका क्रान्तिकारी संस्कृतिकर्मीहरुको नेतृत्वमा भइरहेको वैकल्पिक सांस्कृतिक मोर्चा निर्माणको पहललाई कार्यरुप दिँदै ‘मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपाल’ गठन गरिएको छ ।’
मोर्चाको छिट्टै बस्ने बैठकले देशैभरिबाट प्रतिनिधित्व हुनेगरी ७५ सदस्यीय प्रथम सम्मेलन आयोजक समिति बनाउने पनि जनाएको छ ।
मोर्चा समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति भावधारामा रहेर सिर्जन कार्यमा रहेका संस्कृतिकर्मीको साझा मञ्चको रूपमा रहने कुरा पनि प्रष्ट्याइएको छ । बक्तव्यमा भनिएको छ, ‘कला–साहित्यमा समाजवादी यथार्थवादका पक्षधर एवम् सर्वहारा सांस्कृतिक क्रान्तिका महत्त्वपूर्ण प्रयोग तथा शिक्षालाई आत्मसात् गर्ने संस्कृतिकर्मीहरुको साझा मञ्चका रुपमा रहने गरी यस मोर्चाको नीतिगत अवधारणा तय गरिएको छ ।’
उक्त मोर्चा निर्माणका लागि २०७५ चैत्र ३ गते इस्माली, आहुति, रोशन जनकपुरी, विष्णु भण्डारी, सरिता तिवारी, शकुन्तला जोशी, बलराम तिमल्सिना, खेम थपलिया, सङ्गीत स्रोता, ईश्वरचन्द्र ज्ञवाली, रामप्रसाद ज्ञवाली र कृष्णहरि भट्ट रहेको १२ सदस्यीय कार्यदल गठन गरिको थियो । सोही कार्यदलले मोर्चाको नाम र अवधारणा तयार गरी सार्वजनिक गरिएको हो ।
उक्त मोर्चाले सार्वजनिक गरेको प्रेश विज्ञप्ति यस्तो रहेको छ ।
प्रेस वक्तव्य
१। कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा प्रतिबद्ध संस्कृतिकर्मीहरुले सिर्जना एवम् आन्दोलनका युगीन दायित्वहरुलाई नयाँ उचाइबाट सङ्गठित ढङ्गले पूरा गर्नुपर्ने आवश्यकता बोध गर्दै र विगत केही वर्षदेखि नेपालका क्रान्तिकारी संस्कृतिकर्मीहरुको नेतृत्वमा भइरहेको वैकल्पिक सांस्कृतिक मोर्चा निर्माणको पहललाई कार्यरुप दिँदै ‘मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपाल’ गठन गरिएको छ । नयाँ युगका सांस्कृतिक कार्यभारहरुलाई पूरा गर्ने सङ्कल्पसहित सैद्धान्तिक रुपमा कला–साहित्यमा समाजवादी यथार्थवादका पक्षधर एवम् सर्वहारा सांस्कृतिक क्रान्तिका महत्त्वपूर्ण प्रयोग तथा शिक्षालाई आत्मसात् गर्ने संस्कृतिकर्मीहरुको साझा मञ्चका रुपमा रहने गरी यस मोर्चाको नीतिगत अवधारणा तय गरिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सामा भएको बुर्जुवाकरण, विचलन र दक्षिणपन्थी पतनका कारण प्रगतिशील लेखक सङ्घजस्तो लामो विरासत भएको संस्कृतिकर्मीहरुको साझा मोर्चा पनि व्यवहारतः सत्ताधारी दलकै विशुद्ध जनवर्गीय सङ्गठनमा रुपान्तरित भइसकेको परिप्रेक्ष्यमा मार्क्सवादको वैचारिक सारतत्त्व र क्रान्तिका पक्षमा उभिने सङ्गठित तथा स्वतन्त्र ९असङ्गठित० सम्पूर्ण मार्क्सवादी संस्कृतिकर्मीहरुको यस संयुक्त मोर्चा वैचारिक–सांस्कृतिक पुनर्जागरण एवम् प्रतिरोध आन्दोलनका दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण र अत्यावश्यक संरचना हुने विश्वास लिएका छौं ।
२। भिन्न–भिन्न समयमा समाजवादी यथार्थवादका पक्षधर संस्कृतिकर्मीहरुको साझा र संयुक्त मोर्चाको निर्माणका लागि बहस, आन्तरिक तयारी, संवाद र बहुपक्षीय छलफलहरु हुँदै आएको हो । यसै सन्दर्भमा वर्तमान राज्यसत्ताले क्रान्तिकारी पंक्तिप्रति गर्दै आएको दमन, सरकारका निरंकुश कदम, विभिन्न लेखक तथा बौद्धिकहरुको गिरफ्तारी लगायतका घटनामा मार्क्सवादी लेखक तथा संस्कृतिकर्मीहरुका तर्फबाट साझा वक्तव्यमार्फत् विरोध जनाउने काम भयो भने एमसीसी सम्झौतालगायत सांस्कृतिक साम्राज्यवादको विरोधमा काठमाडौंमा संस्कृतिकर्मीहरुकै तर्फबाट सांस्कृतिक सभा एवम् प्रदर्शन समेत सम्पन्न गरिएको थियो । भारतीय राज्यसत्ताले पक्राउ गरेका क्रान्तिकारी कवि वरवर राव, जनअधिकारकर्मी एवम् लेखक–बौद्धिक आनन्द तेलतुमडे र नेपालको राज्यसत्ताले गिरफ्तार गरेका क्रान्तिकारी सङ्गीतकर्मी माइला लामाको रिहाइका निम्ति वक्तव्य दिँदै त्यस प्रकारका घटनाको भत्र्सना गर्ने काम पनि भएको थियो ।
३। प्रगतिशील लेखक सङ्घबाट विद्रोह तथा सम्बन्ध–विच्छेद गर्ने लेखकहरु र क्रान्तिकारी ध्रुवका विभिन्न सांस्कृतिक घटक सङ्गठन सम्बद्ध लेखकहरु लगायतको संयुक्त पहल एवम् संयोजनमा नयाँ अग्रगामी सांस्कृतिक मोर्चा निर्माणका लागि आवश्यक अवधारणापत्र तथा सङ्गठनात्मक विधि निर्माणका लागि २०७५ चैत्र ३ गते १२ सदस्यीय कार्यदल गठन भएको थियो । सोही कार्यदलले विभिन्न समयमा चरण–चरणमा बैठक र छलफल गरी अवधारणापत्र तयार ग(यो । कार्यदलको यही पुस १० गते बसेको बैठकले अवधारणापत्र लेखन टिमद्वारा प्रस्तावित संयुक्त मोर्चाको नाम ‘मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपाल’ तय गरेको छ, साथै अवधारणापत्रलाई सुझावसहित पारित गर्दै केही महत्त्वपूण निर्णयहरु गरेको छ । त्यसअनुसार–
क। मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालले नेपालका समाजवादी यथार्थवादी लेखक, मार्क्सवादी संस्कृतिकर्मीहरु एवम् जनपक्षधर बौद्धिकहरुको संयुक्त र साझा मोर्चाका रुपमा काम गर्नेछ ।
ख। मोर्चामा कुनै कम्युनिस्ट दल वा सङ्गठनमा आबद्ध भएका ९घटक सदस्य० वा राजनीतिक दल वा सङ्गठनमा आबद्ध नभएका ९स्वतन्त्र सदस्य० दुवै किसिमका संस्कृतिकर्मीहरुको सहभागितालाई विधानतः सुनिश्चित गरिनेछ ।
ग। मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन आउँदो चैत महिनामा सम्पन्न हुनेछस सम्मेलनले नै मोर्चाको सांस्कृतिक घोषणापत्र, विधान, नीति, कार्यक्रम तथा आचारसंहिता एवम् सङ्गठनात्मक संरचनाबारे टुंगो लगाउनेछ ।
घ। प्रथम राष्ट्रिय सम्मेलन आयोजनाका लागि यथाशीघ्र ७५ सदस्यीय सम्मेलन आयोजक समिति विस्तार हुनेछ र हाललाई अवधारणापत्र निर्माणका लागि तय गरिएको १२ सदस्यीय कार्यदलले नै प्रारम्भिक संयोजन समितिका रुपमा काम गर्नेछ ।
ङ। बैठकले प्रारम्भिक संयोजन समितिको संयोजकमा इस्माली र सचिवमा सङ्गीतलाई चयन गरेको छ ।
४। सांस्कृतिक कर्म समग्र सामाजिक जीवनको र सामाजिक रुपान्तरणको आन्दोलनसँग सम्बद्ध महत्त्वपूर्ण कर्म हो । स्वभागत रुपले नै यो साझा प्रकारको हुन्छ । सांस्कृतिक क्रियाकलाप व्यक्तिगत हुँदैनन्, सिर्जनाविशेष व्यक्तिगत भए पनि त्यसको प्रयोजन सामाजिक–सामूहिक हुन्छ । नेपालको प्रगतिशील र वामपन्थी सांस्कृतिक आन्दोलनको सुरुवाती चरण पनि साझा र सामूहिक प्रकृतिको रहँदै आएका अनेक दृष्टान्तहरु छन् । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि यता मार्क्सवादी सांस्कृतिक क्षेत्रमा अनेक पटक साझा गतिविधि र सङ्गठित प्रयासहरुले राजनीतिक परिवर्तन एवम् सांस्कृतिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । गणतन्त्र स्थापनापछि पनि कायम रहेको दलाल संसदीय व्यवस्थाले नेपाली समाजका आजका समस्या एवम् अन्तरविरोधहरुलाई समाधान गर्न नसक्ने तथ्य छर्लङ्गै छ । यस्तो परिवेशमा सांस्कृतिक रुपान्तरणको आन्दोलन र समग्र क्रान्तिको प्रक्रियालाई अघि बढाउन मार्क्सवादी संस्कृतिकर्मीहरु नयाँ क्रान्तिकारी ध्रुवमा मोर्चाबद्ध हुनु तथा शब्द र कर्मका माध्यमबाट आजको युगलाई नेतृत्व दिनु आवश्यक छ । अतः विभिन्न सांस्कृतिक समूह, साहित्यिक परिवार, सिर्जनशील टिम र सङ्गठनहरुमा रहेर काम गरिरहेका तथा स्वतन्त्र ढङ्गले सिर्जनात्मक कर्ममा साधनारत मार्क्सवादी लेखक, सर्जकरसंस्कृतिकर्मी र बौद्धिकहरुलाई मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालमा आबद्ध हुन हामी हार्दिक अपिल गर्दछौं ।
इस्माली सङ्गीत
संयोजक सचिव
मिति स् २०७७ पुस १८, शनिबार ९२ जनवरी २०२१०