राम्रा चित्र, कविता, कथा समेत भएको
धेरै ज्ञानगुनका कुराहरू रहेको
मेरो मनमा यसैको परेको छ प्रभाव
मलाई सधैँ प्यारो छ मेरो यही किताब
कैले डुब्छु मनमा कविताका भावमा
कैले रम्छु एकलै पात्रभित्र कथामा
कथा पढ्दै रमाउने बन्यो मेरो स्वभाव
मलाई सधैँ प्यारो छ मेरो यही किताब
व्यर्थै समय फाल्दिन बाहिरतिर भुलेर
ज्ञानको मुहान भेट्नुछ किताबमा डुलेर
कैलेदेखि लोभिएँ राखिएन हिसाब
मलाई सधैँ प्यारो छ मेरो यही किताब ।