दुई दिनको जिन्दगी : मृत्युको मुखबाट फर्केपछिका केही अनुभूति
- भरतमणि भट्टराई
हजुरबा भन्ने गर्नुहुन्थ्यो, “बाँच्नु केवल दुई दिन मात्र हो ।” म ट्वाल्ल परेर सुनिरहन्थें । त्यस्ता दुई दिन हजुरबाले कति बिताउनुभयो । हजुरबाको के कुरा, मैले पनि वर्षौँ पार गरी तन्नेरी भइसकेको छु । पल्लो घरकी सानीमा रोगले थला परिहेको बेला म उहाँलाई भेट्न जाँदा भन्नुहुन्थ्यो, “दुई दिन बिताउन पनि कति सकस भएको मलाई ?” म यस भनाइप्रति निकै गम्भीर बनिरहें । त्यति नै समयताका पढ्दै जाँदा पत्रिका पल्टाउन पुगेछु, एउटा लेख पढ्न पुगें– ‘जिन्दगी’ । त्यसलाई दोहो¥याएर पढें । पत्तो पाउन अलि कठिन भयो मलाई । पढ्दै जाँदा कवि हरिभक्त कटुवालको ‘खै के जिन्दगी’ कविता पढ्न पुगें । त्यसले मलाई जिन्दगीको सार निकाल्न केही हदसम्म सहयोग पु¥यायो । यस्ता र यससँग सम्बन्धित साहित्यको अध्ययन गर्दै गएँ । आफ्ना पनि जीवनमा कैयाँै घटनाहरु घटिरहेका अनुभूति गरिरहेको छु । आखिर दुई दिनको अर्थ खोज्न म बाध्य भएँ । सोधखोज तथा अन्वेषण कार्यलाई निरन्तरता दिँदै गएँ । जसले जेसुकै अर्थ लगाओस्, यसको तात्पर्य जीवन छोटो छ, त्यसमा पनि जन्मँदाको दिन र मर्दाको दिन बढी महत्वका दिन हुँदा रहेछन् । मानिस जन्मँदा उल्लास एवम् हर्षित हुन्छ । प्रकृति पनि खुसी हुन्छिन् । त्यसरी नै मर्दाको दिन चाहिँ सबै शोकमा डुबेर उसका सबै अवगुणहरु बिर्सेर उसका राम्रा कुराहरुलाई स्मरण गरिन्छ । अरु दिनहरु त्यति याद गरिँदैन पनि । जस्तोसुकै परिवारको मान्छे किन नहोस्, स्वर्गको बाटो तताउँदा ‘च्वँ च्वँ’ नगर्ने को होला र ? जन्मँदा पनि सबै जना हर्षले भावविभोर हुने गर्दछन् । यसरी जीवन दुई दिनको बनेको रहेछ कि जस्तो मलाई लाग्ने गर्दछ । यस सन्दर्भमा म मेरा स्वर्गमा लीन भइसकेका हजुरबालाई स्मरण गर्न चाहन्छु, कति बुद्धिमान् र विवेकशील हुनुहँुदो रहेछ, साँच्चै हाम्रा अग्रज ।
सैनिकले श्री रामकोट मा. वि., हंसपुर, कास्कीबाट अपहरणका साथ भोर्लेटार बेसक्याम्प लमजुङ लगेर चरम यातना दियो । यतिसम्म कि पिट्दापिट्दै बेहोस बनायो । शरीरमा छालासमेत बाँकी रहेन मेरो ।
दुई दिनको जीन्दगी, घटना अनगिन्ति । प्रजातन्त्रका निम्ति तानाशाहको अन्त्य गर्न जनभेल उर्लिरहेको थियो । घटना २०५८ साल चैत १३ गतेको हो । सैनिकले श्री रामकोट मा. वि. हंसपुर, कास्कीबाट अपहरणका साथ भोर्लेटार बेसक्याम्प लमजुङ लगेर चरम यातना दियो । यतिसम्म कि पिट्दापिट्दै बेहोस बनायो । शरीरमा छालासमेत बाँकी रहेन मेरो । औंलामा पिन कोच्ने, करेन्ट लगाउने, बन्दुकको कुन्जाले हान्ने, बङ्करमा हिँडाउने, बुटले गोद्ने, घाममा उभ्याई तड्पाउने, खुट्टामाथि ठड्याई झुन्ड्याउने, पैतालामा फलामको छडीले हान्नेलगायतका आपराधिक, अपमानजनक र पाशविक यातना दिएर दाँतहरु पूरै खसेका, अङ्गभङ्गसमेत भई शारीरिक तथा मानसिक अपाङ्ग बनाई खाल्टोमा पुर्दै गर्दा असिना पानीका कारण यो अस्थिपञ्जर अहिलेसम्म पनि दुःख खेपिरहेको छ । आइसले सेक्नु नै त्यसको उपचार हुने हुँदा प्रकृतिले बिनासर्त आकस्मिक उपचार गरिदिँदा मेरा जिन्दगीका ‘दुई दिन’ अझै बाँकी रहे । जनसहयोग प्रप्त गर्न सकेकाले हस्पिटल आई उपचार हुन गएपछि अपाङ्ग शरीर कलम चलाउन सफल हँुदा दुई दिनको मिति अझै पुगेको रहेनछ कि जस्तो लाग्छ । त्यति बेला झण्डै चार दशक काटिसक्दा पनि त्यसभन्दा पहिलाका घटनाहरु त्यति स्मरणमा आउँदैनन् । सायद ठूलो रुखको छायाले सानो पोथ्राको छाया लुकाइदिएकाले हो कि झैं लाग्छ मलाई ।
चौबिस घण्टा पानी पनि खान नदिई उपचार गरेपछि बेडमा सारे डाक्टरले । हस्पिटल व्यवस्थित नै भए पनि मेरा लागि भने ज्यादै भिड, कोलाहल र वातावरण अनुकूल नभएको, कोरोनाको भयाबह अवस्थाका डरले गर्दा आफूलाई केही असजिलो भएमा तुरुन्तै आउने, डाक्टरको निगरानीमा अपडेट हुने गरी रातमा डिस्चार्च भई घर आउँदा दुई दिनको जिन्दगीको अवधि लम्बिन पुुगेको छ ।
समय र बगिरहेको पानी रोकिँदैन भन्छन् । दिनहरु बित्दै गए । दिनदिनै अझ भनँु, क्षणक्षणै कति घटनाहरु घटे होलान् । त्यसको कुनै सम्झना गरिएको छैन । सायद कम पीडाबोधक भएर होला । त्यस्ता शरीरै लाने किसिमका घटनाहरु भने बिर्सन खोज्दा पनि झन् भेल्किभेल्की आउने गर्दछन् । घटना गत २०७७ साल माघ १५ गतेको हो । हंसपुर स्वास्थ्य चौकीमा आइरन तथा फ्लोरिनसम्बन्धी गोष्ठीमा आमन्त्रण भई सहभागी हुने व्रmममा खाजा ल्याइयो, मेरो गला लाग्ने समस्या भएकाले पानी मागें । पानी ल्याइयो, पुरानो कोकको बोतलमा । मैले अब आउँदा दिनहरुमा राम्रो मिनरल बोतलको पानी ल्याउनू, त्यसको पैसा म दिने छु भनेर बोतल ठाडो घाँटी लगाइहालें । एक घुट्की के लगाएको थिएँ, मुख र घाँटी पोलेकाले ओकल्न खोज्दाखोज्दै केही घुट्की पानी पेटमा पसिहाल्यो । म कर्मचारीलाई केही सजगतापूर्वक काम गर्न निर्देशन दिँदै के थिएँ, बान्ताको बेजोड वर्षा हुन गयो । म बढी आत्तिएँ, त्यहाँ रहनुहुने अन्य विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरु सबै आत्तिनुभएछ । मेरो विद्यालयका शिक्षक साथीहरु पनि आउनुभएछ, स्थिति गम्भीर भएपछि अति दुःखका साथ पोखरा उपचारार्थ लैजाने काम भयो, जस बेला मेरो दिमागले सही काम गरेनछ कि जस्तो लाग्छ यति बेला । बाइकमा बडा कष्टका साथ नजिकको उपचार केन्द्र शिशुवा सामुदायिक अस्पताल लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेछु साथीहरुको माध्यमबाट । यस समयमा मलाई उपचारका लागि सम्बन्धित स्थानमा पु¥याउन मदत गर्ने सबै साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । मेरो जिन्दगीको दुई दिनमध्ये एक दिन बाँकी राख्न उहाँहरुको योगदान महत्वपूर्ण छ ।
विषादीसम्बन्धी उपचार गरिसकेपछि आइसियूमा राखी उपचार गर्ने स्थान नभएपछि चरक हस्पिटल लगियो मलाई । हस्पिटलले जिरोबाट उपचार सुरु गर्यो । उसले सोडियम हाइपाेक्लोराइट नामक विषादी पानीमा मिसिएको रिपोर्ट दियो । चौबिस घण्टा पानी पनि खान नदिई उपचार गरेपछि बेडमा सारे डाक्टरले । हस्पिटल व्यवस्थित नै भए पनि मेरा लागि भने ज्यादै भिड, कोलाहल र वातावरण अनुकूल नभएको, कोरोनाको भयाबह अवस्थाका डरले गर्दा आफूलाई केही असजिलो भएमा तुरुन्तै आउने, डाक्टरको निगरानीमा अपडेट हुने गरी रातमा डिस्चार्च भई घर आउँदा दुई दिनको जिन्दगीको अवधि लम्बिन पुुगेको छ । विषादीको असरले शारीरिक तथा मानसिक असर रहिरहेको छ । पाचन, स्मरण, स्वास तथा खाद्यनली, घाँटीलगायतमा समस्या बढी देखिएको छ । जिन्दगीको दुई दिन लम्बिए पनि पीडा र व्यथा सदाका निम्ति उपहार एवम् पुरस्कार स्वरुप दीर्घकालीन असर गर्ने गरी बसिरहे । जीवनमा यस्तो सकस र पीडाका क्षणहरु भेग्नुपर्ला भन्ने कुरा कसले पो सोचेको हुन्थ्यो होला र ! किन अनायासमा यस किसिमको दण्ड भोग्नुपरेको होला मलाई ? यस्ता घटनामा दोषी को हो ? पिडितले साहानुभूति तथा न्याय कसरी र कहाँबाट पाउन सक्ला ? यस घटनामा गल्ती कसको हो ? के तालिममा जानु अपराध हो ? कि पानी माग्नु र पिउनु गल्ती हो ? १०÷१५ दिन ओछ्यानमा पर्नुमा दोषी को हुन सक्छ ? यस्ता अविस्मरणीय घटनाहरु दुई दिनको जिन्दगीमा सल्बलाइरहन्छन्, जसलाई जति बिर्सन खोजे पनि पटक्कै सकिँदो रहेनछ ।
विषादी शरीरबाट नबाहिरिएको भए जस्तोसुकै उपचार भए पनि दुई दिनको जिन्दगी मरेपछिको दुई दिनमा परिणत हुने थियो । यसमा पनि शारीरिक प्रतिकार नै दुई दिनको जिन्दगीलाई लम्ब्याउने प्रमुख कारक बन्न पुग्यो । मानवीय घटनाहरुलाई दृष्टिगत गर्दा प्रकृति र जीवनका बिचमा नङ र मासुको जस्तो सम्बन्ध हुँदो रहेछ । जीवन जिउन खोज्छ र प्रकृति जिउनका निम्ति आधार तयार गरिदिन्छ तर आकस्मिक, अप्रत्यासित घटनाले दुई दिन पूरा गर्न खोजिरहेका हुन्छन् । च्वाट्ट चुँडिन र प्वाट्ट फुट्न सक्ने यो मानवीय अपार जिन्दगीका दुई दिन कहिले सकिने हुन्, कसैलाई थाह नभए पनि प्रत्येक मानवीय घटनामा सजगता, सतर्कता र विवेकशीलतापूर्ण व्यवहार देखाउन सके मात्र जीवन सार्थक र आकर्षक हुने कुरामा दुई मत नहोला कि ? सबैले सोचेर व्यवहार गरौं । बेलैमा होस गरी सभ्य नागरिकको परिचय दिऊँ ।
(लेखक रामकोट माध्यमिक विद्यालय, रुपा-७, कास्कीका प्रधानाध्यापक हुन् ।)