Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कला/साहित्य
  • Home
  • News
  • सङ्गम सांस्कृतिक यात्राको छैटौँ शृङ्खला सिधानेमा
सङ्गम सांस्कृतिक यात्राको छैटौँ शृङ्खला सिधानेमा
सारङ्गी न्युज
आईतबार, फागुन १६, २०७७ सारङ्गी न्युज

पोखरा । सङ्गम सांस्कृतिक मञ्चले आफ्नो छैटौँ सङ्गम सांस्कृतिक यात्रा भदौरेतामागीको सिधानेमा सम्पन्न गरेको छ ।

"प्रगतिशिल गीत सङ्गीत संरक्षण आजको आवश्यकता, आन्तरिक पर्यटन प्रबर्द्धनमा हाम्रो सहभागिता" भन्ने मूल मान्यतासहित यस पटकको यात्रा पर्यटकीय गाउँ सिधानेमा लगिएको मञ्चका अध्यक्ष काजी गाउँलेले जानकारी दिए । पोखराबाट करिब २५ किलोमिटर दूरीमा रहेको साविक भदौरे तामागी र हाल पोखरा महानगरपालिका, वडा नं. २३ स्थित सिधानेमा पन्चासेको काखैमा रहेको रमणीय पर्यटकीय गाउँ हो । सिधानेमा सङ्गम सांस्कृतिक मञ्चका कालकाररुले प्रगतिशील गीत/सङ्गीत प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक आन्दोलन गर्दै आएको मञ्चको सो शृङ्खला उपाध्यक्ष चियाङचोङ तमु र सदस्य डी. बी. बान्तवाको संयोजन तथा सिधाने सामुदायिक होमस्टे, सिधाने आमा समूह, सिधाने युवा समूह, प्रगतिशील आमा समूह, पञ्चासे आदर्श युवा क्लबको सहकार्यमा सम्पन्न भएको हो ।

मञ्चका कलाकारहरुको करिब ३० जनाको टोलीलाई स्थानीय सिधाने सामुदायिक होमस्टेमा सहयोगी संस्थाहरुसँगै स्थानीयवासीले लालीगुराँस, चिउरी, चाँपको फूल, स्थानीय फूलहरुका माला र अबिर लगाएर स्वागत गरेका थिए । सिधाने सामुदायिक होमस्टे तथा सिधाने आमा समूहकी अध्यक्ष बालशोभा गुरुङ र सचिव जसोदा गुरुङले माला अबिर लगाइदिँदै आफ्नो सामुदायिक होमस्टे, सिधाने गाउँमै पहिलो कार्यक्रम सङ्गम सांस्कृतिक मञ्चले विविध सांस्कृतिक कार्यक्रम गरेकोमा अत्यन्त हर्ष लागेको बताउनुभएको थियो । सो अवसरमा टोल विकास समितिका अध्यक्ष लालप्रसाद गुरुङले प्रगतिशील गीत सङ्गीतले आन्तरिक पर्यटन भित्र्याउन र पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वाससमेत गर्नुभएको थियो । लालु गुरुङले स्वागत नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रम सिधाने गाउँको बारेमा तयार भएको मञ्चका सदस्य डी. बी. बान्तवाको शब्द, सङ्गीतमा रहेको गीत तल्लो सिधाने, उपल्लो सिधानेको विमोचन भएको थियो । मञ्चका सल्लाहकार भीम रानाभाटको शब्दमा रहेको गीतलाई सचिव विकास लुङ्गेली र सदस्य रोशन लामाले सङ्गीतबद्ध गरेर सांस्कृतिक मञ्चका कलाकारहरुले सम्पूर्ण उपस्थित महानुभावहरुलाई गीतबाट स्वागत गर्दै कार्यक्रमको ढोका उघारिएको थियो । स्थानीय सिधाने र त्यस क्षेत्र वरपरका डाँडापाखा, खोलानालालाई शब्दमा उतारेर मञ्चका अध्यक्ष काजी गाउँलेको शब्द संगीतमा तयार गरिएको कौरा गीत फुरफुर भा'छ यो मन रहर बढ्यो झन्, हेर सिधानेको आँगन टेकेर…मा स्थानीयहरुसहित मञ्चका कलाकारहरु नाच्दा चिसो मौसमसमेत तातिएको महसुस भएको थियो ।

कार्यक्रममा मनको भारी सारङ्गीमा, सुर मिसाउँदै आपुग्यौं हजुरको घर आँगनीमा…, जिवन एउटा फुल हो …, गालामा बग्यो आसु…, अहिलेसम्म कति बग्यो पानी गण्डकीमा…, जुनै सरकार आए नि कान चिरेकै आइरहनी, हाम्ले दुख पाइरहनी…, देशको माया अपार, सुनौँ दाजुभाइ सुनौँ दिदीबैनी,  खाँचो अझै संघर्षको, मेरो जीवन नेपाल आमालाई … भयो दुख बिर्साउनी लगायत १ दर्जन बढी गीत प्रस्तुत गरिएको थियो ।

अतिथि कलाकार जनकर्मी कलाकार मञ्चका संयोजक तथा जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष कर्ण विद्रोहीले धौलागिरी क्षेत्रमा गाउने जोसिलो झ्याउरे लयको गीत गाएर उपस्थित सबैलाई नचाउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता सिधाने टोल विकास समितिका अध्यक्ष लालप्रसाद गुरुङले गर्नु भएको थियो भने सन्चालन मञ्चकी सदस्य शान्ति बलम्पाकीले गर्नुभएको थियो ।

सिधाने युवा समुहका अध्यक्ष कुमार गुरुङ, जगतबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक मिनबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । समाजसेवी पदमबहादुर गुरुङले सङ्गम सांस्कृतिक मञ्च, नेपाललाई सम्मानस्वरुप नगद रु १० हजार सहयोग गर्नुभएको थियो ।

आईतबार, फागुन १६, २०७७, २२:३६:००
आफ्नो टिप्पणी दिनुहोस्
कला/साहित्य को अधिक समाचार पढ्नुहोस्
विश्वास (कविता)- चित्रकुमार गुरुङ
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
पोखरा र सिन्धुपाल्चोकका स्रष्टाको संयुक्त रचना वाचन
...र म अछुत भएँ - रश्मि रोदन परियार
कला/साहित्य
कवि भूपी शेरचन र उनको ‘सहिदहरुको सम्झनामा’ कविता - रुपिन्द्र प्रभावी
64x64
बुधबार, चैत २५, २०७७ सारङ्गी न्युज
कवि भूपी शेरचन नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका एक जुझारु कवि हुन् । जीवनका उत्तरार्धमा आफ्ना मौलिक विचारमा केही विचलन देखिए पनि समग्रमा उनको साहित्यिक यात्रा अद्यापि मननयोग्य नै मानिन्छ । पुरा पढ्नुहोस्
कला/साहित्य
कवि ईश्वरमणिलाई गणितमा  विद्यावारिधि
64x64
आईतबार, चैत २२, २०७७ सारङ्गी न्युज
कवि ईश्वरमणि अधिकारीले गणित विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ १० घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १३ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP