कुलो मात्र आयो न आयो नि पानी
गरे आज यस्तो उडाए खरानी !
कसोरी म मानौँ भयो खेत बाँझो
दलाली बढेका लगातार भाँजो ।
छ बारी खडेरी परेको सरि यो !
कुनै काम राम्रो गरेनन् मरियो।
विलासी बनेका गफाडी अगाडि
भयो देश खाल्डो पर्यो लौ पछाडि ।।
युवाले अगाडि गरे मात्र होला
र नारी सुशीला बढे मात्र होला
बचाएर हाम्रो यही देशलाई
ल नारी युवा हो बुझौँ राष्ट्रलाई ।
गरौँ घोर लागी परौँ मान राखौँ
युवा शक्ति नारी जुटौँ सान राखौँ
गरिबी नराखौँ गरौँ सत्य काम
मिले बन्छ राम्रो सबैको प्रणाम
(हाल: क्यानाडा)