Navigation
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
शनिबार, वैशाख ४, २०७८    Sarangi Radio Network
  • हाम्रो टीम
  • Sarangi Radio Network
Loading
  • गृहपृष्ठ
  • कला/साहित्य
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
  • अन्य
    • स्वास्थ्य
    • अपराध
    • शिक्षा
    • जीवनशैली
    • खेलकुद
    • राेचक
    • विश्व
    • विज्ञान/प्रविधि
  • English
  •  Sarangi Radio Network
विश्वास (कविता)- चित्रकुमार गुरुङ
विश्वास (कविता)- चित्रकुमार गुरुङ
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कला/साहित्य
  • Home
  • News
  • चिन्नेलाई श्रीखण्ड... (कथा)- भरतमणि भट्टराई
चिन्नेलाई श्रीखण्ड... (कथा)- भरतमणि भट्टराई
सारङ्गी न्युज
बुधबार, चैत १८, २०७७ सारङ्गी न्युज

कथा

चिन्नेलाई श्रीखण्ड...

–    भरतमणि भट्टराई

मान्छे कति बैगुनी हुँदोरहेछ, विगतका घटनाहरूलाई स्मरण गरेर वर्तमान सपार्न नजान्दा जीवन बरबाद हुने गरेको देखिन्छ । मानिस औधी स्वार्थी र सुविधाभोगी हुन्छ । आफूले सुख भोग गर्दा अरुलाई कति असर परेको हुन्छ भन्ने कुराको पहिचान उसले गरेको हँुदैन । समाजमा अनगिन्ती घटनाहरू घटिरहन्छन्, मानिस विभिन्न भोगाइलाई सहिरहेको हुन्छ तर पनि अगाडिको स्थितिलाई मात्र हेर्न पुग्दा सम्पूर्ण जीवन नै दुर्घटित हुन पुग्छ ।

एक दिन च्यान्टीले भनी, “छिमेकी रमाका श्रीमान्ले गहना किनिदिएछन्, मलाई पनि सिक्री, औंठी, नौगेडे त बनाइदिनुपर्‍यो । नभए बस्दिनँ गोठालो भएर ।”

खिमेको विवाह १५ वर्षको कलिलो उमेरमा १२ वर्षकी च्यान्टीसँग भयो । गाउँले परिवेश, त्यसमा पनि ब्राह्मण परिवारकी बुहारी हुनुपर्दा घर खान निकै असहज भयो उसलाई । उमेर सानै भएकाले केही दिनका लागि माइत गई र उतै बसी । घरायसी स्थिति नाजुक भएकाले बालाई निकै कठिनाइ आइपरेको बेला बाले खिमेलाई भने, “बाबु जेनतेन १० पढिसकिस्, अब जागिरमा जानुपर्छ कि ? घर व्यवहार चलाउन पनि मुस्किल हुँदै आयो ? कसो गर्ने हो ? सोचविचार गर ।” त्यसपछि खिमे काठमाडौँतिर सानो मास्टरी गर्न पुग्यो । घरमा कामको चटारो भएपछि च्यान्टीलाई ससुराले घरमा नै ल्याए । बिहान सबेरै उठ्नु, दैलोपोतो गर्नु, गोडमेल, घाँसदाउरा, अर्मपर्म, खेतीपाती सबै काम च्यान्टीको काँधमा आयो तैपनि सासु बुहार्तन, घरायसी स्थितिको सामना, पारिवारिक सम्बन्ध मिलाउन पर्दा निक्कै कठिन थियो च्यान्टीलाई । पति २÷३ महिनामा दुई दिन बस्ने गरी आउने, केहीमा पनि सहयोग पाइने होइन । अति कठिनाइका बाबजुद टाढाको गाउँबेसी गर्दै जीवन व्यतीत गरी च्यान्टीले । बेलामा खान पाउने स्थिति थिएन त्यति बेला । सासु भन्ने गर्थिन्, “काम गरेको पनि के यस्तो ? जता हे¥यो उतै बिग्रेको छ ? अरुका बुहारी सबै काम कति राम्रोसँग गर्छन् । हाम्रा त ...के ? मेरो त पुर्पुरो नै अभागी, कसलाई के भन्नु र ? काम गर्न नसके बाटो लाग है चनमती ?” सासुका बुहार्तन खप्न नसकेर च्यान्टी एक्लै कुना बसेर रुन्थी ।

वैशाखको महिना, मकै गोडमेल हुँदै थियो । च्यान्टी कराउन लागी, “लौ न, मेरो पेट दुख्यो, पानी खान्छु ?” छिमेकी दिदीले कुरा बुझिन् र उसलाई घरमा लगिन् । “पानी फुकेर ख्वाउन प¥यो ?” केही समयको अन्तरालपछि छोरो जन्मियो । परिवार तथा छिमेकमा खुसीयाली छायो । छोरा सानो खियौटे भएकाले लुरे भन्न थाले सबैले । दिनहरू बित्दै गए । अब च्यान्टीलाई घर खान अलि सहज भयो । पारिवारिक स्थिति समाल्दै जाँदा उसले छोरी डल्ली र सानो छोरा नरेलाई पनि जन्म दिइसकेकी थिई । त्यसपछि घरमा देवरानी पनि आइन् । घरको काम धेरै सहज भयो । घर अलिक चर्को भएर होला, कसैले पनि कुरा काट्ने र विरोध तथा विपरीत कार्य गर्ने आँटै थिएन र हँुदैनथ्यो पनि । आमा बाका अगाडि सबै थर्कमान नै थिए । देवरानीका पनि छोराछोरी भइसकेपछि घरमा बेमेल सुरु भयो । थोरैमा चित्त बुझाउने र छुट्याइदिने आशय आमाबाबुको रहेकाले टारी खेत र केही नगद लिएर खिमे परिवारसहित तराइ झर्‍यो ।

घर आउन रातै पर्‍यो । घरमा आउँदा च्यान्टी बम भइसकेकी थिई । मुस्किलले ढोका खोलेर भित्र पस्यो । ऊ रन्कन थाली । दिउँसो पनि खाजा खाने अवसर नजुटेकाले भोकले रन्थनिएको थियो खिमे तर घरमा आउँदा श्रीमतीको ताण्डव नृत्य । खानाको खोजीमा भान्सामा जान लाग्दा श्रीमतीसँग ठोकिन पुग्छ ऊ ।

पहाडको जागिर, छोराछोरी लालनपालन तथा परिवार व्यवस्थापन गर्न खिमेलाई मुस्किल मुस्किल परेको थियो । फोनको चलन नभएकाले खबर पाउन ज्यादै कठिन पर्दथ्यो । जेनतेन पातको साँघु पारिवारिक डुङ्गा चलिरहेको थियो । छोराछोरी पढ्दै थिए । जेठो नरे अष्टे«लिया जाने सुर कसेछ । च्यान्टी पनि त्यसमा राजी भई । छोराले भन्यो, “बा मलाई पैसा चाहियो । म विदेश जान्छु ।” खिमेले जति सम्झाए पनि नरे मानेन । च्यान्टीले भनी, “खोजेर पनि दिनुस् पैसा । पछि कमाउँछन् । लगानी गर्न केको कन्जुस्याइँ ।” च्यान्टीले डाँकाले टिपेपछि कसैको केही लाग्दैनथ्यो । ऋणधन गरेर नरे विदेश पुग्यो तर सहयोग पाउने कुरा त्यस्तै त्यस्तै नै रह्यो । दिनहरू बित्दै गए । तराईको गर्मी, त्यसमा पनि पहाडबाट झरेकाहरूलाई खपिनसक्नु हुन्छ नै । २०÷३० दिनमा खिमे बिदा लिएर घर जान्थ्यो, गर्मीले अत्याउँथ्यो उसलाई । ऊ भन्थ्यो, “तराईमा त राति पनि घाम लाग्ने रहेछन् । खप्न नसकिने भो ? पानी मात्र खाएर पनि पहाड नै स्वर्ग छ, म त पहाडै जान्छु ।” च्यान्टी र छोराछोरी भने त्यहीँ रमाएका थिए तर खिमे आफू खप्न नसकेकाले सस्तो मोलमा घरजग्गा बेचेर पहाडी उपत्यकामा चारआनामा झुप्रो बनाई बस्यो । च्यान्टीलाई काम गर्न नपर्ने भयो । आमाबा पनि कान्छासँग नमिलेर खिमेसँग नै आई बसे । उसलाई अझै दुःख थपियो ।

दुई वर्षपछि छोरीको बिहे ग¥यो । त्यसको लगत्तै कान्छो नरेले आमासँग केटी ल्याउने कुरा गरेछ । च्यान्टीले भनी, “नरेले केटी मन पराएछ, बिहे गरिदिनुप¥यो ? नभए भगाएर ल्याउने भयो ।” तुरुन्तै सम्बन्धलाई अघि बढाई बिहे गरिदियो खिमेले । नरेलाई पनि विदेशको भूतले छाडेन । उसले बाबुसँग भन्यो, “बा बुहारीलाई विदेश पठाउन पैसा चाहियो । यति बेला सम्झाउन सकिने अवस्था छैन किनकि दाजु गएपछि ऊ पनि जानुपर्ने भयो । त्यसमा पनि च्यान्टीको पूर्ण समर्थन थियो त्यहाँ । तराईमा सञ्चयकोषको रकम झिकी किनेको तीन कठ्ठा घडेरी थियो । खिमेले नरेलाई बोलाएर भन्यो, “तराईको घडेरी बेचेर पठाउनू ।”

कराहीको तरकारी सबै खन्याई र धकेली दिई । ऊ ढोकामा ढल्न पुग्यो । च्यान्टीले रन्कँदै भनी, “जहाँ जाने हो गए हुन्छ, मैले फेरि देख्न नपरोस्, बरु मरे पनि हाइसञ्चो हुने थियो ।” ऊ भट्भुटाउँदै ढोका थुनेर सुती ।

नरेले श्रीमतीलाई अष्टे«लिया पठायो र आफू पनि बल्लबल्ल तीन वर्षपछि उहीं गयो तर के कारणले हो कुन्नि सम्बन्धविच्छेद भयो । लकडाउनका कारण ऊ पनि बेरोजगार भएको खबर च्यान्टी सुनाउँछे । खिमे काम गर्न नसक्ने भइसकेको छ । विभिन्न घटनाक्रम र दुःखले गर्दा ऊ अपाङ्गजस्तै भएको छ । कमाइ नगरे खान नपुग्ने भएर ऊ तन्नेरी बनेर काममा दलिइरहेको छ । यसका बाबजुद च्यान्टीका कचकच र रिसले उसलाई पागलझैं बनाएको छ । हरेक समय च्यान्टी केही न केही निहुँ झिकेर झर्किइरहन्छे । छोराछोरी पनि उसैका पछि लाग्दछन् । एक दिन च्यान्टीले भनी, “छिमेकी रमाका श्रीमान्ले गहना किनिदिएछन्, मलाई पनि सिक्री, औंठी, नौगेडे त बनाइदिनुपर्‍यो । नभए बस्दिनँ गोठालो भएर ।” कालका अगाडि को बोल्न सक्छ र ! ऋण काढेर किनिदियो उसलाई । अब त सन्तोषको स्वास फेर्न पाउने झिनो आशामा थियो खिमे तर एकपछि अर्को कुराले डस्दै राम्ररी खानसमेत नपाउने भयो उसले । दिनहँुको टोकाइ, कामको बोझ, व्यावहारिक तनावले गर्दा विचरा खिमे मानसिक रोगी हुन पुग्यो ।

एक दिन कार्यालयमा मिटिङ भएकाले घर आउन रातै पर्‍यो । घरमा आउँदा च्यान्टी बम भइसकेकी थिई । मुस्किलले ढोका खोलेर भित्र पस्यो । ऊ रन्कन थाली । दिउँसो पनि खाजा खाने अवसर नजुटेकाले भोकले रन्थनिएको थियो खिमे तर घरमा आउँदा श्रीमतीको ताण्डव नृत्य । खानाको खोजीमा भान्सामा जान लाग्दा श्रीमतीसँग ठोकिन पुग्छ ऊ । त्यसपछि बसिनसक्नु भयो त्यहाँ । कराहीको तरकारी सबै खन्याई र धकेली दिई । ऊ ढोकामा ढल्न पुग्यो । च्यान्टीले रन्कँदै भनी, “जहाँ जाने हो गए हुन्छ, मैले फेरि देख्न नपरोस्, बरु मरे पनि हाइसञ्चो हुने थियो ।” ऊ भट्भुटाउँदै ढोका थुनेर सुती ।

लडेर मुर्छा परेको खिमे धेरै बेरपछि थरथर काम्दै उठ्छ । धेरै बेर भुइँमा बसेर एकोहोरो सोचिरहन्छ । सायद उसले उपायको खोजी गरिरहेको होला । त्यसपछि त्यहाँ कहिल्यै नफर्कने गरी सानो झोला काखी च्यापेर आँगनको माटोको टिका लगाई बाहिरिन्छ । ऊ कहाँ गयो पत्तै भएन ।

समय बित्दै गयो । खिमेले गरेको त्याग र लगानीबाट उसको महत्व सबैलाई झनै बढेर आयो । केही संस्थाले उसको जीवनी प्रकाशित गरे । सामाजिक असल व्यक्तिको उदाहरण दिँदा उसैको नाम लिने भए । सामाजिक संघ/संस्थामा लगानी भएकाले खोजतलास गर्ने कामलाई सर्वत्र अघि बढाए । छरछिमेक, इष्टमित्र, साथीभाइ सबैले खोजतलासमा जुटे । मिडियामा पनि सूचना राखियो तर पत्तो लाग्न सकेन । यता च्यान्टी पश्चातापमा डुब्दै अर्धपागल बनी । छोराछोरीलाई पनि बाबाको विछोडले रुनसम्मै रुवायो ।  उसको विछोडले सबै मानिसहरू पछुतोमा परे तर बिडम्बना सोझो, सामाजिक, असल अविभावक र कर्तव्यनिष्ठ खिमे कहिल्यै फर्केन ।

                                                    पोखरा–१०, मिलनटोल, कास्की

[email protected]  

(कथाकार रामकोट मावि, रुपा-७, कास्कीका प्रधानाध्यापक हुन् ।)

बुधबार, चैत १८, २०७७, १९:३२:००
आफ्नो टिप्पणी दिनुहोस्
कला/साहित्य को अधिक समाचार पढ्नुहोस्
विश्वास (कविता)- चित्रकुमार गुरुङ
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
पोखरा र सिन्धुपाल्चोकका स्रष्टाको संयुक्त रचना वाचन
...र म अछुत भएँ - रश्मि रोदन परियार
कला/साहित्य
कवि भूपी शेरचन र उनको ‘सहिदहरुको सम्झनामा’ कविता - रुपिन्द्र प्रभावी
64x64
बुधबार, चैत २५, २०७७ सारङ्गी न्युज
कवि भूपी शेरचन नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका एक जुझारु कवि हुन् । जीवनका उत्तरार्धमा आफ्ना मौलिक विचारमा केही विचलन देखिए पनि समग्रमा उनको साहित्यिक यात्रा अद्यापि मननयोग्य नै मानिन्छ । पुरा पढ्नुहोस्
कला/साहित्य
कवि ईश्वरमणिलाई गणितमा  विद्यावारिधि
64x64
आईतबार, चैत २२, २०७७ सारङ्गी न्युज
कवि ईश्वरमणि अधिकारीले गणित विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
विश्वास (कविता)- चित्रकुमार गुरुङ ९ घण्टा पहिले
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
बागलुङको एक हार्डवेयर पसलमा आगलागी
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
तुलसी क्षेत्रीको नयाँ बर्षको कोशेली "रोधीं घर"
चट्याङ लागेर चार जनाको मृत्यु
चट्याङ लागेर चार जनाको मृत्यु
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
आजको राशिफलः वैशाख ३ गते शुक्रबार
धौलागिरीमा दिउँसै रात परेपछि ...
धौलागिरीमा दिउँसै रात परेपछि ...
आजको राशिफल :बैशाख २ गते वुधवार
आजको राशिफल :बैशाख २ गते वुधवार
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
करापुकोट डडुवा दुर्छा महोत्सव शुरु
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
नववर्षको शुभकामना दिन्छु (कविता) - भरतमणि भट्टराई
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
saranginews
समाज
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ हुँदै सारङ्गी न्युज
बागलुङको एक हार्डवेयर पसलमा आगलागी सारङ्गी न्युज
चट्याङ लागेर चार जनाको मृत्यु सारङ्गी न्युज
राजनीति
प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र बुधबार, वैशाख १, २०७८
मैले लकडाउन गर्ने धम्की दिएकाे छैन् , लकडाउन हुँदैन् - प्रधानमन्त्रीओली बुधबार, वैशाख १, २०७८
ओलीकाे धम्की- समर्थन फिर्ता लैजाउ, किन समर्थन गरिहेको ? सोमबार, चैत ३०, २०७७
विचार
फेवातालको जन्मकथा - क्यानियनको खाल्डो कसरी भयाे फेवाताल ? १३ घण्टा पहिले
  बला त्कारप्रति को कति जिम्मेवार ? सोमबार, फागुन २४, २०७७
अब सडकमा उत्रनुकाे विकल्प छैन्- तुलसीदास महर्जन बुधबार, पुस ८, २०७७
सम्पर्क ठेगाना सूचना विभाग दर्ता नं: १३३७/०७५/७६
प्रेस काउन्सिल दर्ता नं: २४५/०७५/७६

Sarangi News Network Pvt‍. Ltd.

Pokhara 15, Kaski, Nepal

Contact

+977-9847642969,
+977-9856037148

Email

[email protected]
Website: www.saranginews.com
मेनु
  • गृहपृष्ठ
  • कला/साहित्य
  • Gallery
  • राजनीति
  • समाज
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज्य
  • राेचक
हाम्राे टिम
प्रबन्धक सरु जलन
प्रधान सम्पादक रुपिन्द्र प्रभावी
प्रकाशक/सम्पादक प्रकाश अधिकारी
कला/ साहित्य रामगोपाल आशुतोष
बालसाहित्य संयोजक रमेशचन्द्र घिमिरे
वरिष्ठ संवाददाता नवराज पहाडी भेषराज पौडेल विष्णुकुमार श्रेष्ठ
व्यवस्थापक सुरज गुरुङ
संवाददाता लक्ष्मी सुनार सुशान्त रेग्मी सजिना मोक्तान
फेसबुक पेज
Site by: SoftNEP