२०६२/०६३ सालको जनआन्दोलनमा हुँदाकाे बखत म त्यस्तै १० बर्षकी थिएँ । रमाइलो वा कुनै कार्यक्रममा परिवारका सदस्य जाने तरखर गर्न थालेपछि पछि लाग्ने बच्चाहरुको स्वभाव जस्तै मेरो पनि त्यो स्वभाव थियो १ दिदिहरु अङ्कल अन्टिहरु आन्दोलनमा जान तयार भएपछि म पनि चप्पल लगाउन्जेल समेत छाडेर जान्छन सोच्दै हातमा चप्पल बोकेर पर पुगेपछी बल्ल चप्पल लगाएर पछि पछि सकिनसकी एक गाउँबाट अर्को गाँउसम्म त्यो बाल मस्तिष्कले अर्थ नबुझि ,नबुझी अरुले चिच्याइरहेको शब्द सङ्गै चिच्याएर आन्दोलन गरेको यो मानसपटलमा आज पनि उत्तिकै ताजा छ !
ठाँउ, ठाँउमा देशभरी राजतन्त्र हटाउने नारा सहित हामी जनताले नै आन्दोलन गरेर ,मसाल बालेर , राजा ज्ञानेन्द्रको पुत्ला जलाउदै ूराजा चोर देश छोडूू भन्दै जनताहरु कुर्लिएको अर्थात बडो संघर्षले राजतन्त्रको अन्त्य गरेको हिजो जस्तै लाग्छ १ यदि आज तिनै राजा चाहिन्थ्यो भने हिजो त्यत्रो रोइलो किन रु आफैले थुकेको थुक कहाँ छ भन्दै फेरि चाट्न खोज्नु कत्तीको बुद्धिमानी हो रु अनि राजा आएर देश बचाउछ्न देशमा बिकास हुन्छ भन्ने के ग्यारेन्टी छ ?
जो आज सत्तामा छन उनिहरु स्वतस् सत्तामा बसेका पनि त होइनन १ हामी जनताले नै चुनाव गरि भोट दिएर जिताएकाहरु नै सत्तामा छन हामीले रोजेकैले देश चलाएका छन १ चुनावको बेला आफ्नो मान्छे ,पार्टीको झोले समर्थक वा विभिन्न लोभलालचमा फुरुक्क परेर राम्रा मान्छे भन्दा हाम्रा मान्छे भन्दै भोट दिएर जिताउने अनि देशको स्थिति बिकराल बन्दा फेरि अर्को रोइलो सुरु गरेको पटकै चित्त बुझेको छैन १ यसको मतलब म अहिलेको सरकारले गरेको काम सत प्रतिशत राम्रो छ भन्न खोजेको पनि होइन तर सरकारले गरेका गलत कार्यको आवाज उठाउने अधिकार हामीलाई छ! बरु त्यो विषयमा आवाज उठाउँ ,अरु विकल्पहरु छनोट गरौं के अब राजा बाहेक अर्को कुनै विकल्प छैन र ?
यदि हामी अरु कुनै कुराको पछि नलागी आफुलाई एक सच्चा नेपाली नागरिक सम्झी आफ्नो कर्तव्य र अधिकारप्रती सचेत बनेर सम्पुर्ण नेपालीहरु एक ढिक्का बनि सरकारले चालेका गलत कार्यको खबरदार गर्दै राम्रो कार्यको समर्थन गरि हातेमालो गर्दै अगाडि बढ्यौ भने अवस्य विकास र समृद्धि टाढा छ जस्तो मलाई लाग्दैन, यो मेरो नितान्त ब्यक्तिगत बिचार हो कसैलाई टाउको दुखाइ छ भने क्षमाप्रार्थी छु !