पाेखरा । यहि मंसिर २९ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ। अाज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशनको निर्णय लिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको महतले जानकारी दिए ।
महतका अनुसार ७७ वटै जिल्लामा हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने छ। साथै बैठकले संसदको अधिवेशन बेलाउन पनि माग गरेको महतले जानकारी दिए ।