पाेखरा । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ काे नाममा शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन गरिएकाे छ ।हातहातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राजसंस्थाको माग गर्दै थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भयो । सभालाइ सम्बाेधनन गदै अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी माग गरे । पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाए ।
अर्का अधिवक्ता बालकृष्ण न्यौपानेले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने उनले बताए ।