पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको लास जुलुस निकाली पुत्ला दहन गरिएकाे छ । ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रहार गरेको भन्दै अनेरास्ववियूले पोखरामा ओलीको लास जुलुस निकाली पुत्ला दहन गरको हाे ।
प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटा घाइते भएका छन् । लास जलाउने क्रममा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा नेता सापकाेटाकाे देब्रे हात फ्याक्चर भएकाे छ । अन्य नेताहरू हताहती भए ।
साँझ रानीपौवाबाट निस्केको डमी शवसहितको जुलुस नयाँबजार हुँदै महेन्द्रपुलमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभाअघि प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै नेता सापकोटाले नेकपाको दुईतिहाइ निकटको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले पतनको बाटो रोजको बताए। उनले संसदको प्रधानमन्त्री ओलीले हत्या गरेको भन्दै यसको सजाय भोग्नुपर्ने चेतावनी दिए।
‘आफ्नै पार्टीको बहुमत रहेको संसद विघटन गरेर के गर्न खोज्नु भएको होरु’, उनले प्रश्न गर्दै भने, ‘यसको मूल तपाईंले चुकाउनै पर्ने हुन्छ।’
कोणसभामा बोल्दै राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष भोजराज पौडेलले प्रधानमन्त्री ओलीले पार्टी निर्णयविपरीत असंवैधानिक कदम चालेको भन्दै तत्काल सच्याउन माग गरे।
यसअघि आइतबार पनि नेकपाका युवा र विद्यार्थीहरुले पोखरामा प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गर्नुका साथै पुत्ला जलाएका थिए।अनेरास्ववियू का पिनसी नेता सन्तोस नेउपानेले संचालन गरेका थिए ।