धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा 'निर्मलाको बला*त्कारी खै ? ' लेखिएको टिसर्ट लगाएका युवक प*क्राउ परेका छन् ।
शुक्रबार धनगढीमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा 'निर्मलाको बला*त्कारी खै ?' लेखिएको टिसर्ट लगाएर युवाहरू कार्यक्रमस्थल पसेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना युवकलाई प+क्राउ गरिएको छ। सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको हो ।