पोखरा । वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल, गण्डकी प्रदेशको पहिलो बैठक पोखरामा सम्पन्न भएको छ ।
पाटीका प्रदेश संयोजक राजकुमार हिङमाङको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरिय कम्युनिष्ट आन्दोलनको नेतृत्व लिने गरि कार्यजना तथा विभिन्न विभाग गठन गरेको पाटीका केन्द्रिय सदस्य विकास लुङगेलीले जानकारी दिए ।
बैठकले आगामि २ महिनामा सबै जिल्लामा कम्युनिष्ट आन्दोलनबारे अन्तरक्रिया गर्ने छ भने सर्घष कोष निमार्ण गर्न युद्धस्तरमा काम गर्ने निर्णय गरेको छ । साथै पाटीको जिल्ला संयोजन भेलाको लागि जिम्मेबारी समेत तोकेको छ । जस्मा पर्वतमा यम रसाइली,बागलुङमा ओम श्रीपाली,म्याग्दीमा सुनिता घताने र राम रसाइली, स्याङजामा अविनास पौडेलले जिम्मेबारी पाएका छन् । त्यस्तै तनहुँ, कास्की, गोरखा, र लम्जुङमा जिल्ला संयोजनको जिम्मेबारी क्रमश.. संजीव दवाडी, महेन्द्र राई,च्याङ गुरुङ र फत्ते जंग गुरुङले पाएका छन् ।
त्यस्तै पाटीले विभिन्न विभाग समेत गठन गरेको छ । आर्थिक विभागमा महेन्द्र राई र राम रसाइली, प्रशिक्षण तथा संगठन राजकुमार हिङमाङ, जनवर्गीय संगठनमा यम रसाइली तथा सांस्कृतिक तथा संचार विभागमा विकास लुङगेली र प्रकाश अधिकारी रहेका छन् । त्यस्तै महिला संगठन विभागको संयोजन गर्न शान्ति बलाम्पाकी, मजदुर संगठनको फत्ते जंङ गुरुङ युवा तथा विद्यार्थी संगठनको जिम्मेबारी तोकिएको छ ।