तनहुँ । काेराेना समुदायमै फैलिएपछि तनहुँको भानु नगरपालिका सम्पुर्ण सेवाहरु स्थगित गरेको छ। कोभिड १९ नियन्त्रणका लागि नगरपालिका र सम्पुर्ण वडाका सेवाहरु आज बाट २०७७ भाद्र २ गते सम्म स्थगित गरिएको र पिसिआर रिपोर्टको आधारमा अर्को निर्णयले थप्ने वा खोल्ने निर्णय गर्ने नगर प्रमुख उदय राज गौलीले बताए।
भानु नगरपालिका १ भन्सारमा समुदायमा कोरोना संक्रमण देखिएकोले कन्ट्र्याक्ट ट्रेसिङ गर्नु पर्ने भएकोले सम्पुर्ण सेवा स्थगित गरिएको प्रमुख गौलिले बताए ।
नगरपालिका भित्र रहेका अत्यावश्यक बाहेकका बस्तु वा सेवाहरुको कारोबार बन्द गरिनुका साथै सम्पुर्ण संघ संस्था बैक तथा बित्तिय संस्थाका सेवाहरु एबम नगरपालिका क्षेत्र भित्र सन्चालन हुने सार्वजनिक यातायात सेवा समेत बन्द गरिएको प्रमुख गौलिले बताए ।
