कोरोनाका कारण ढोरपाटनमा शिकार घटेको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक झारल र एक नाउरको मात्र भयो ।
कोरोनाका कारण गत वर्षको दोस्रो सिजनको रोकिएको शिकार देशमा लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको भने भएको छ । तर विगतमा झै शिकार खेल्नका लागि सिकारी भने आएका छैन ।
हरेक वर्ष आश्विन महिनादेखि मंसिर पहिलो हप्तासम्म पहिलो यामको शिकार गरिन्छ भने फागुन महिना देखि वैशाख पहिलो हप्ता सम्म दोस्रो यामको शिकार गरिन्छ । ढोरपाटन शिकार आरक्षलाई विश्वका साहसिक शिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा मान्दै आएका छन् ।
प्रत्येक वर्ष ८ देखी १० नाउर र झारलको शिकार खेल्नका लागि अनुमती माग्ने कम्पनीहरुले कोरोनाका कारण यस वर्ष भने धेरै अनुमती मागेनन् यस वर्षको पहिलो सिजनमा जम्मा एक झारल र एक नाउरको मात्र शिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरे पनि कोरोना कहरका कारण एउटा कम्पनीले मात्रै आवेदन दिएपछि यस वर्ष शिकार पर्यटन घटेको कँडेलले बताए l विगतमा विभागले प्रत्येक वर्ष २० नाउर र ११ झारलका लागि दुई सिजनमा बोलपत्र आह्रन गथ्यो कंडेलले भने,यस वर्षको पहिलो सिजनका निम्ती पनि १० नाउर र ६ झारलको बोलपत्र आह्रवान थियो ।
कोरोनाका कारण एउटा कम्पनीको मात्र आवेदन परेकाे छ । उनले शिकारका निम्ति विभागमा नेपाल टुर एक्पिडिसन कम्पनीले मात्र शिकार आवेदन दिएको र सोही अनुसार मंसिरको ५ गते देखि १० गते भित्र शिकार गरिसकेको बताए । विभागले अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि शिकारको लागि यस वर्ष एउटा कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । यस वर्ष अन्य कम्पनीले सिकारका लागि प्रस्ताव गर्न नआउँदा प्रतिस्पर्धा हुन सकेन ।
यसले गर्दा नाउर र झारलको शिकार मुल्य निकै घटेर गएको हो । कंडेलले भने,एउटा मात्र कम्पनीले हालेको प्रस्तावमा विभागले स्विकृत गर्यो । नाउरको लागि १ लाख ६० हजार रुपैयाँ र झारलको लागि ९० हजार रुपैयाँ मात्रै राजश्व बुझाएका शिकार गरेका थिए । शिकारका लागि अनुमती पाएको कम्पनीमार्फत बेल्जियमका सिकारीले सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गरेका हुन ।
कोरोनाका कारण यस वर्षको सिकार याममा सिकार गर्नेका निम्ती विदेशी सिकारीहरु नआउँदा घटेको कँडेलले बताउँछन । अघिल्लो वर्षको दोस्रो सिजनमा आरक्ष क्षेत्रमा शिकारका लागि अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार थालेपछि चार दिनमै शिकार सकेर फर्केको आरक्षण कार्यालयले जनाएको छ ।
कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारी लगायत कम्पनीमार्फत शिकारको लागि सिकारी आउने गरेका थिए । कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले सिकारका लागि आह्रान नै गरेनन् । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ ।
आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ । विभागका अनुसार अघिल्ला वर्षहरुमा एक नाउर र झारललाई बढीमा १२ लाख रुपैयाँ राजस्व बुझाएका कम्पनीले कोरोनाका कारण यस वर्ष भने प्रस्ताव नै ल्याएनन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
सरकारले विसं २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि बर्षेनी शिकारका लागि अनुमति प्रदान गरिदै आइएको छ । विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रुस, स्पेन लगायतका विकसित मुलुकबाट धनाढ्य शिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गर्दछन । अन्रपुणबाट