पाेखरा । भ्रष्ट्राचार विरुद्धको राष्ट्रिय अभियान जागौं नेपाल कास्कीमा नारायणहरि तिवारीकाे संयाेजकत्वमा ११ सदस्यीय कार्य समिती गठन भएकाे छ ।
शनिबार पोखराको सहिद पार्कमा भएको सामाजिक अभियान्ताहरुको एक भेलाले स्मृति बराललाई सहसंयोजक र यमप्रसाद आचार्यलाई सदस्य सचिवको जिम्मेबारी दिएको जागौं नेपालको केन्द्रिय सुचना अधिकारी ज्ञानु आचार्यले जानकारी दिइन् ।
जागौं नेपाल कास्कीको सदस्यहरूमा यादव प्रसाद तिमिल्सिना , सावित्री शर्मा, बिष्णु प्रसाद देवकोटा र बिमल आचार्य चयन भए । त्यस्तै गरि ईन्द्र दत्त तिवारी , युवराज थापा र चिन बहादुर नेपाली पनि कार्यसमिती सदस्यमा चयन भए ।

भेलालाई सम्बोधन गर्दै जागौं नेपालका केन्द्रिय संयोजक दीपक आर्चायले सामाजिक न्याय र भ्रष्ट्राचार विरुद्धको अभियानमा लागि रहेका अभियान्ताहरुको साझा अभियानका रुपमा जागौं नेपाल राष्ट्रिय अभियान सुरुवात गरिएको बताए । उनले जागौं नेपालले समाजमा हुने हरेक बेथिती र विसंगतीकाे अन्त्य र सुशासन युक्त समाज निर्माण नै अभियानकाे भिजन रहेकाे सुनाए ।
यता केन्द्रिय सहसंयाेजक शिवराज बस्ताकाेटी शिव दाइले जागाैं नेपालकाे अवधारणा र कार्यशैलीबारे जानकारी दिए । उनले जागाैँ नेपाल कुनै दल निकट नभइ राष्ट्काे लागि केही गर्नुपर्छ भन्ने साेचभएका अभियान्ताहरूकाे अभियान भएकाे बताए ।
जिल्ला संयोजक नारायणहरि तिवारीले कास्कीमा भ्रष्ट्राचार विरुद्धकाे अभियान सफल बनाउन र सुशासन ल्याउन निरन्तर लागि पर्ने बताए ।
यहि मंसिर २४ गते भ्रष्ट्रा विरूद्ध दिवसकाे दिन पाेखरामा जागाैँ नेपालकाे केन्द्रिय भेला अायाेजक समितीकाे नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेकाे जागौं नेपालको केन्द्रिय सदस्य सचिव तथा सुचना अधिकारी ज्ञानु आर्चायले जानकारी दिइन् ।
त्यस्तै मंसिर २४ गतेकाे पृथ्वीचेाकमा हुने कार्यक्रम व्यावस्थापन गर्न यादव प्रसाद तिमिल्सिनाकाे संयाेजकत्वमा ९ सदस्यी स्वयमंसेवक ब्यावस्थापन उपसमिती गठन गरिएकाे छ ।
सामाजिक अभियान्ताहरुको राष्ट्रिय भेलाकाे तयारी स्वरूप याे कार्यक्रम तय गरिएकाे हाे । जागौं नेपालकाे हाल सम्म सातै प्रदेश , ७७ जिल्लामा समिती गठन गरिएकाे छ । देशका सबै स्थानिय (तह) निकाय सम्मै पुग्ने गरी जागाैं नेपालले हरेक दिन साँझ ७ बजेदेखि ९ बजे सम्म जुम मार्फत युद्धस्तरमा काम गरिरहेकाे छ ।
सुचना अधिकारी आर्चायका अनुसार राष्ट्रिय भेला सम्म ७५३ स्थानिय तह,६ महानगर,११ उपमहानगर,२७६ नगरपालिका,४६० गाँउपालिका र ६७४३ वार्डका सबै समितीमा एक लाख १ हजार १ सय ४५ जना सामाजिक अभियान्ताहरू जागाैँ नेपालमा लाग्ने प्रक्षेपण गरिएकाे छ ।