पोखरा । गण्डकी प्रदेशभित्रका संघ, प्रदेश र स्थानिय तहमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको लागि ३५ दिने सेवाकालिन तालिम सुरु भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा पोखरामा
पौष २२ देखि शुरु भएको तालिमको पाँचौ दिन आइतबार संघियता, बित्तिय जोखिम न्युनिकरण, सूचनाको हक र सकरात्मक सोचको बिकास सवालमा जागौँ नेपालका संरक्षक एवम् पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजिकरण गर्नुहुने कार्यलयका प्रशिक्षण तथा अनुसन्धान अधिकृत टापेन्द्र रिजालले जानकारी दिनुभयो ।सोहि कार्यक्रमको सहजिकरणका निम्ति आज ९शनिबार०कृष्णहरि बास्कोटा पोखरा आइसक्नुभएको छ ।
सो तालिममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे सहित सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत ६० जना सहायक स्तरका कर्मचारीहरुले प्रशिक्षण लिईरहेका छन् ।