बागलुङ । जैमिनी नगरपालिका ५ बिनामारेको सर्बोदय बचत तथा ऋण सहकरी संस्थाको एघारौं साधरण सभा एवम छैटौं अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले तेजन्द्र बहादुर केसिको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा भोजराज पौडेल, शिव शर्मा कोषाध्यक्ष र सचिबमा ओमकार आचार्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समिति सदस्यहरुमा क्रमश हरि प्रसाद आचार्य, मान बहादुर केसि ,वीर बहादुर रोका , कुमारी क्षत्री र टङ्क बहादुर के सि रहेका छ्न् । त्यस्तै गोविन्द बहादुर घर्तीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।जस्को सदस्यमा राजेन्द्र शर्मा र नारायण पौडेल रहेका छ्न ।
संस्थाको साढे तीन करोड पुजी जानकारी सहित भावी कार्ययोजना पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा जैमिनी नगरपालिका ५ बिनामारेका वडा अध्यक्ष गोपाल प्रसाद शर्मा र वडा सदस्य देबेन्द्र रेग्मीलगाएको उपस्थित थियो ।