बागलुङ । बलेवा सेवा समाज जापानको सहकार्यमा जाडोमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुपाँटा घडेरी स्थित बाल प्रभा प्राथमिक विध्यालयमा अध्यायनरत विध्यार्थी लाई न्यानो लुगा तथा विध्याललाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
रोट्रयाक क्लब अफ बागलुङको आयोजना तथा बलेवा सेवा समाज जापान लगाएतका संघ संस्था तथा व्यक्तिको सहयोगमा विध्यार्थीलाई स्वीटर, टोपीका साथै विध्यालय प्रयोजनका लागि कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, सि.सि क्यामेरा लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
बलेवा सेवा समाज जापानले ग्रामिण शिक्षा सुधारका लागि गर्दै आएको सहयोग अन्र्तगत रोट्रयाक क्लब तथा अन्य सहयोगी संगको सहकार्यमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको समाजका महासचिव टिकाराम रिजाल विमल ले जानकारी दिनुभयो ।
बलेवा सेवा समाज जापानले स्थापनाकाल देखि नै शिक्षा र स्वास्थ्य स्तर सुधारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने समाजका अध्यक्ष राज पौडेलले बताउनुभयो ।