लमजुङ। लमजुङको पहिलो रात्रि बस सेवा घाम्राङ, साल्मे, गिलुङ, डडुवा, रामबजार, भोर्लेटार हुदै काठमाण्डौसम्मको सेवा हिजो फाल्गुण नौ गते देखि शुरु भएको छ्। घाम्राङ देखि ४ः३० बजे छ्ुट्ने रात्रि बस मध्यनेपाल नगरपालिका भोर्लेटार देखि बेलुकि ७ः३० बजे काठमाण्डौको लागि छ्ुट्ने छ।
त्यस्तै गरि काठमाण्डौ देखि पनि लमजुङका लागी ७ः०० बजे नै छ्ुट्ने छ। पृथ्वी राजमार्ग बस सन्चालक कम्पनि प्रा लि भोर्लेटार उपसाखाले गरेको यस शुभ कार्यले क्होला सोथार गाउपालिका मध्य नेपाल नगरपालिका वडा न ७,८ लगायत पश्चिम लामाजुङका यात्रुहरु सबैलाई सहज भएको कुरा भोर्लेटार शाखाका कर्मचारी बुद्धि क्षत्रीले सारङ्गी न्युजलाई जानाकारी गराउनु भएको छ्।
क्षत्री भन्नु हुन्छ राजधानिमा अति आवश्यक कामको लागि एक दिन अगाडिनै जानु पर्ने थियो भने अहिले घरको मिठो नमिठो खाना खाएर भोलि पल्ट बिहानै काठमाण्डौ पुगेर दिनभर आफ्ना काम सकेर भोलि पल्ट बेलुका नै घर फर्कन सजिलो र यस सेवाले उध्योग ब्यवसायी लगायत पश्चिम लमजुङका यात्रु तथा स्थानिय जनताहरु खुशी भएको कुरा समेत बताउनु भएको छ।
मध्यनेपाल नगरपालिका भोर्लेटार पाखुरि चोक स्थित टिकट काउन्टर देखि दमौलि, पोखरा, नारयणघढ, सुनौलि, बिरगञ्ज लगायत बिभिन्न स्थानका लागी टिकट उपलब्ध हुने समेत हुने छ।