खुशी माया गुरुङ्ग
लमजुङ्ग। पुर्वी लमजुङको दोर्दी गाउँपालिकाले अनुदानमा किसानहरुलाई मकै र तरकारीको विउ वितरण गरेको छ । तरकारी विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाको कृषि शाखाले ७५ प्रतिशत अनुदानमा हिउँदे तरकारी र मकैको विउ वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०७७÷ ०७८ मा मकैको विउ वितरणका लागी दुई लाख र तरकारी विउ वितरणका लागी एकलाख ५० हजार वजेट विनियोजन गरेको कृषि शाखा प्रमुख वेञ्जु अधिकारीले बताउनुभयो । कृषकको माग र आवश्यकतालाई मध्यनजर राखि नौसय ८० किलो मकैको विउ विरतण गरेको शाखाले जनाएको छ ।
शाखा प्रमुख अधिकारीका अनुसार किसानहरुलाई रामपुर कम्पोज, अरुण–२, मनकामना जस्ता उन्नत जातका मकैको विउ वितरण गरेको बताउनु भयो । शाखाले काँक्रो, फर्सी, गोलभेडा, खुसार्नी, धनिया, लगायतका तरकारीको विउ पनि ७५ प्रतिशत अनुदानमै वितरण गरेको छ ।
दोर्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि शाखाको लागी गाउँपालिकाबाट एककरोड २० हजार र गण्डकी प्रदेश सरकारको सर्शत अनुदानतर्फ २४ लाख गरी कुल एक करोड २४ लाख २० हजार वजेट छुट्यइएको हो । गाउँपालिकाले कृषकलाई कृषिमा आत्मनिर्भरता बनाउने उद्धेश्यले कृषिको आधुनिकिकरण व्यावसायीकरणलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङले वताउनुभयो ।